पदम लिम्बूलाई शहीद घोषणा गर्ने सरकारको निर्णय
- चैत्र २४, २०७९ मा प्रकाशित
काठमाडौं । कोशी प्रदेश नामाकरणविरुद्ध भएको आन्दोलनका क्रममा मृत्यु भएका पदम (लाजेहाङ) लिम्बूलाई सरकारले शहीद घोषणा गरेको छ ।
आज (शुक्रबार) बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूलाई शहीद घोषणा गर्दै परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय भएको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले जानकारी दिए ।
कोशी प्रदेश नामकरणविरुद्धमा भएको आन्दोलनमा प्रहरीको लाठीचार्जबाट घाइते भएका पदम लिम्बूको उपचारका क्रममा मृत्यु भएको थियो । प्रदेश–१ सरकारले कोशी प्रदेश नामाकरण गरेपछि पहिचान पक्षधर दल र विभिन्न जातीय संस्थाले विराटनगरमा आन्दोलन गर्दै आएका छन् ।
४२ वर्षीय लाजेहाङ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टिएरका केन्द्रीय सह–कमान्डर थिए । लाजेहाङ २०५२ सालदेखि लिम्बुवान आन्दोलनमा सक्रिय थिए ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १६, २०८१राैतहटमा जङ्गली हात्तीले आक्रमण गर्दा श्रीमतीको मृत्यु, श्रीमान भागेर जोगिए
-
ताजा कार्तिक १६, २०८१आफैंले पालेको गोरुले हानेर झापामा एकको मृत्यु
-
ताजा कार्तिक १६, २०८१पिकनिक गएर फर्किने क्रममा तीन दिनदेखि बेपत्ता युवती मृत्त फेला
-
ताजा कार्तिक १६, २०८१तिहारमा भाइटिकाकाे दिनपनि झापा , माेरङ ,सुनसरीमा वर्षाकाे सम्भावना
-
ताजा कार्तिक १६, २०८१फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’
Comments