•  १६ कार्तिक २०८१, शुक्रबार
  •  5:21:14 PM

रविविरूद्वको राहदानी मुद्दामा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

- चैत्र २२, २०७९ मा प्रकाशित



काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेविरूद्वको राहदानी मुद्दामा कारण देखाउन आदेश जारी गरेको छ । आज (बुधबार) भएको सुनुवाइपछि सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको हो ।

न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले बुधबार प्रारम्भिक सुनुवाई गर्दै महान्यायाधीवक्ताको कार्यालयलाई मुद्दा नचलाउनुको कारण माग गरेको हो । सिन्धुलीका युवराज पौडैल ‘सफल’ ले आइतबार सर्वोच्चमा दायर गरेको रिट सोमबार दर्ता भएको थियो । रिटमा उत्प्रेषण, परमादेश लगायत जे–जो चाहिने उपयुक्त आज्ञा आदेश जारी गरी पाऊँ भनि माग गरिएको थियो । रविविरुद्ध यसअघि प्रहरीले यही कसुरमा अनुसन्धान गरेको थियो ।

यसअघि राहदानी दुरुपयोसम्बन्धी मुद्दा प्रहरी र सरकारी वकिल कार्यालयले नचलाउने निर्णय गरेका थिए । मुद्दा नचलाउने निर्णयविरुद्ध सफलले महान्यायाधिवक्ताको कार्यालयलाई समेत विपक्षी बनाएर रिट हालेका थिए । रवि लामिछाने २०७० फागुन ९ मा अमेरिकी नागरिक भएका थिए । अमेरिकी राहदानी रहेका र अमेरिकी नागरिक हुँदा हुँदै नेपाली राहदानी २०७२ जेठ १३ गते लिएका थिए ।

उक्त प्रकरणमा रविलाई कारबाही गरी पाउन मागसहित सफलले गत माघ १७ मा जाहेरी दिएका थिए । लामिछानेले पनि नेपाली नागरिकता लिएको बयानको क्रममा स्वीकार गरिसकेका थिए । नेपालमा दोहोरो नागरिकताको प्रणाली नभएको र विदेशको नागरिकता प्राप्त गरे पश्चात नेपाली नागरिक कायम नहुने ब्याख्या भएको निवेदनमा उल्लेख थियो ।

Comments

सम्बन्धित खवर