•  १६ कार्तिक २०८१, शुक्रबार
  •  5:05:41 PM

रविविरुद्धको राहदानी दुरुपयोगको रिटमा आज सुनुवाइ हुँदै

- चैत्र २२, २०७९ मा प्रकाशित



काठमाडौ । सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको रिट निवेदनको आज (बुधबार) सुनुवाइ हुने भएको छ ।

न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा मंगलबार पेसी तोकिए पनि हेर्न नमिल्ने भएपछि आज (बुधबार) का लागि सुनुवाइ तय भएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिएका छन् । रास्वपाका सभापति लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले गरेको निर्णय बदर गर्नुपर्ने माग गर्दै दायर गरेको रिट निवेदन सोमबार दर्ता भएको थियो ।

अधिवक्ता युवराज पौडेल ‘सफल’ ले लामिछानेविरुद्ध दायर गरेको रिट निवेदनमा राहदानी दुरुपयोगमा सजाय हुनुपर्नेमा उन्मुक्ति दिएको उल्लेख गर्दै उक्त निर्णय बदर गर्न माग गरिएको छ । यसअघि अदालतले लामिछानेले प्रक्रियागत रूपमा नेपाली नागरिकता नलिएको भन्दै उनको सांसद खारेज गरेको थियो । सर्वोच्चको फैसलासँगै लामिछानेको सांसद र मन्त्री पद गुमेको थियो ।

Comments

सम्बन्धित खवर