कोसीमा एमाले नेतृत्वको सरकारलाई जसपाको समर्थन रहन्छ : अशोक राई
- चैत्र १९, २०७९ मा प्रकाशित
इटहरी । जनता समाजवादी पार्टीले कोसी प्रदेशमा नेकपा (एमाले) नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । जसपाका वरिष्ठ नेता तथा संघीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले कोसीमा मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको समर्थन फिर्ता नलिइने स्पष्ट पारेका छन् ।
आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री राईले प्रदेश सरकार केन्द्रीय सरकार मातहतको निकाय नभएको भन्दै प्रदेश सरकारको बेग्लै महत्व रहेको बताए ।
उनले केन्द्रमा एउटा र प्रदेशमा अर्को दलसँग मिलेर सरकार गठन गर्ने संवैधानिक अधिकार दलसँग सुरक्षित रहेको बताउँदै नेकपा (माओवादी केन्द्र) र राप्रपा सरकारबाट नहटेसम्म कोसी प्रदेशमा सत्ता गठबन्धनको सरकार बन्ने सम्भावना नरहेको र सबै जटिल अवस्थालाई बुझेर जसपाले समर्थनलाई निरन्तरता दिने राईले बताए ।
कोसीमा जसपाका एक सांसदको सरकारलाई समर्थन छ । पार्टीकी सांसद निर्मला लिम्बू स्वास्थ्यमन्त्री छिन् । एमालेका हिक्मत कार्की नेतृत्वको सरकार ढाल्न माओवादी केन्द्र र जसपाले समर्थन फिर्ता लिए मात्र गठबन्धनको बहुमत पुग्छ । तर, बहुमत ४७ का लागि सभामुखको निर्णायक मत आवश्यक पर्ने भएकोले माओवादी नेताले समेत यही सरकारलाई समर्थन गर्ने अभिव्यक्ति दिइरहेका छन् ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १६, २०८१राैतहटमा जङ्गली हात्तीले आक्रमण गर्दा श्रीमतीको मृत्यु, श्रीमान भागेर जोगिए
-
ताजा कार्तिक १६, २०८१आफैंले पालेको गोरुले हानेर झापामा एकको मृत्यु
-
ताजा कार्तिक १६, २०८१पिकनिक गएर फर्किने क्रममा तीन दिनदेखि बेपत्ता युवती मृत्त फेला
-
ताजा कार्तिक १६, २०८१तिहारमा भाइटिकाकाे दिनपनि झापा , माेरङ ,सुनसरीमा वर्षाकाे सम्भावना
-
ताजा कार्तिक १६, २०८१फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’
Comments