धनगढीमा माया घरलाई सम्मान
- चैत्र १४, २०७९ मा प्रकाशित
सुदूरपश्चिमाञ्चल साहित्य समाजल द्धारा आयोजित विश्व नेपाली नारी साहित्य महोत्सव २०७९ मा माया घर नेपाल सम्मानित भएको छ ।महोत्सवको उद्घाटन चैत १० गते सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले गरेका थिए । चारदिने सो महोत्सवको दोस्रो दिन अनुराधा सँग अनुराधा शिर्षकमा वहस रहेको थियो । वत्ताहरुमा सुभद्रा प्याकरेल, मायाघर नेपाल सुनसरी, कल्पना भट्ट, दृष्टी फाउन्डेशन धनगढी, र शारदा चन्द बृद्धाश्रम महेन्द्रनगर रहेका थिए । इटहरी,सुनसरीमा रहेको माया घर नेपालले मानसिक रोगी तथा हिंसा पिडति महिलाहरुको उद्धारतथा संरक्षण गर्दै नेपाली समाजमा पुर्याएको योगदानको कदर स्वरुप उक्त सम्मान प्रदान गरिएको छ ।
विश्व नेपाली नारी साहित्य महोत्सवमा कला,भाषा साहित्य र समाज सँग आबद्ध भारतका विभिन्न राज्य, अमेरिका, भूटान, म्यानमार लगायतका देशहरूबाट दुई सय बढी नारी साहित्य स्रष्टाहरूको सहभागीता गराइएको थियो । भने,महोत्सवमा साहित्यकार झमक घिमिरे, प्रतिभाशाली बालिका प्रिन्सा रेग्मी, स्थापित समाजसेवीहरु, मधेसका मुर्धन्य साहित्यकार राजेन्द्र विमल, गजलकार तिलक पेला, अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष पदम विश्वकर्मा ९अमेरिका० पनि सहभागी भएका थिए ।
कैलालीको धनगढीमा ,महोत्सव को आयोजक सुदूरपश्चिमाञ्चल साहित्य समाज रहेको थियो भने, अध्यक्षमा तिर्थराज पाण्डे,संयोजकमा, प्राग्य श्री योग्यराज उपाध्याय र मदन पुरस्कार बिजेता रामलाल जोशी लगायतको टिम रहेको थियो ।
सम्बन्धित खवर
-
ताजा मंसिर ६, २०८१मेडिसिटी अस्पतालको चरम लापरवाही : बिरामीको ज्यान पनि गयो, मृगौला पनि ‘गायब’
-
ताजा मंसिर ६, २०८१उदयपुरको त्रियुगामा मोटरसाइकल दुर्घटना , बाबुको मृत्यु, दुई छोरा घाइते
-
ताजा मंसिर ६, २०८१पर्सामा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको झगडाले रोकियो कर्मचारी–जनप्रतिनिधिको तलव–भत्ता
-
ताजा मंसिर ६, २०८१चार दिन देखि बढेकाे बढ्यै सुनकाे भाउ : आज तोलाको कतिमा हुदैछ काराेवार ?
-
ताजा मंसिर ५, २०८१दुर्गा प्रसाईंलाई आज अदालत लगिँदै , मानहानीकाे मुद्धा चलाउने तयारी
Comments