•  ८ मंसिर २०८१, शनिबार
  •  12:18:43 AM

झापामा संगठन सुदृढ बनाउँदै माओवादी केन्द्र

- फाल्गुन २८, २०७९ मा प्रकाशित



झापा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्र झापा क्षेत्र नं. ३ (क)ले संगठन सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान सुरु गरेको छ ।झापाको भद्रपुरमा एक कार्यक्रमकाबीच पार्टीले औचापरिक रुपमा अभियान सुरु गरेको हो । अभियानको प्रमुख अतिथि पार्टीका कोशी प्रदेश उपाध्यक्ष मणिकुमार साम्पाङ (विजय)ले उद्घाटन गरे ।

जनता नै पार्टीको मूल आधार भएकाले जनतासँगको सम्बन्धलाई अझ बलियो बनाउनु पर्नेमा उनले जोड दिए । ‘जनजीविकासँग जोडिएका हरेक कुरालाई प्राथमिकता दिँदै पार्टी गतिविधि अघि बढाउनु पर्छ’, उनले भने, ‘पार्टीले उठाएका मुद्दा र सरकारमा गरेका कामको प्रचार–प्रसार गर्न जरुरी छ ।’

कार्यक्रममा माओवादी केन्द्र झापा क्षेत्र नं. ३ का संयोजक डिल्ली घिमिरे (हिक्मत)ले अभियानकाबारे प्रकाश पारेका थिए । उनले पार्टीले उठाएका मुद्दामा मुलुक चलिरहे पनि त्यसको जानकारी आमनागरिकमा नहुँदा अरुले फाइदा उठाइरहेको बताए ।

अभियान उद्घाटन समारोहमा पार्टीका जिल्ला सदस्य पञ्चानन्द राजवंशीले पार्टीले जारी गरेको सर्कुलरका बारेमा जानकारी गराए । कार्यक्रममा पार्टीका प्रदेश सल्लाहकार सदस्य लेखनाथ पौडेल, नरपति चापागाईं, जिल्ला सदस्य बालकृष्ण दंगाल, पार्टीका भद्रपुर नगर सहइञ्चार्ज पुकार राजवंशी सहीद परिवारका विवेक राई, गुरु घिमिरे लगायतको आतिथ्य रहेको थियो ।

पार्टीका भद्रपुर नगर अध्यक्ष शिवकुमार राजभण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपाध्यक्ष कुमारीस्वर्गीका सिंहले स्वागत गरेका थिए ।

अभियान अन्तरगत झापा क्षेत्र नं. ३ (क) मा रहेका स्थानीय तहहरुको समग्र विकासका लागि गुरुयोजना निर्माण एवम् वडागत विकासका लागि प्रत्येक वडामा जिल्ला सदस्यलाई जिम्मेवारी समेत तोकिएको नगर अध्यक्ष राजभण्डारीले जानकारी दिए ।

Comments

सम्बन्धित खवर