बिराटनगरमा ‘ऋण तिरे घट्छ, नतिरे बढ्छ’, ‘ नारा बाेकेर लघुवित्तकाे पक्षमा प्रदर्शन
- फाल्गुन २७, २०७९ मा प्रकाशित
बिराटनगर । लघुवित्त संस्थाको संरक्षण माग गर्दै महिलाहरूले विराटनगरमा प्रदर्शन गरेका छन् । विभिन्न लघुवित्त संस्थामा आवद्ध महिला सदस्यहरूले शुक्रबार प्रदर्शन गरेका हुन् । लाखौं महिला संलग्न संस्था नै धरासायी हुने गतिविधि रोक्न भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंकिङ र लघुवित्त क्षेत्रविरुद्ध अभिव्यक्ति दिएसँगै कर्मचारीहरूसमेत आक्रमणमा पर्न थालेका छन् । बनिबनाऊ संस्थाको संरचना ध्वस्त हुने गतिविधि भएको भन्दै उनीहरुले प्रदर्शन गरे ।
विराटनगर महानगरपालिका, कटहरी गाउँपालिकासहित आसपासका पालिकाबाट भेला भएका लघुवित्त संस्था सम्बद्ध महिलाले सन्देशमुलक र दबाबमुलक प्लेकार्ड बोकेका थिए । प्रदर्शनमा उत्रिएका उनीहरूले लघुवित्तको सेवा प्रवाहबाट नराम्रो भन्दा धेरै राम्रो धेरै भएकाले संरक्षण गर्न माग गरे ।
‘ऋण तिरे घट्छ, नतिरे बढ्छ’, ‘लघुवित्त जोगाऔं’, ‘गृहमन्त्रलायको निर्णय कार्यान्वयन होस्’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरूले विराटनगर बजार परिक्रमा गरेका हुन् ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१3 Casinos Inside Singapore Entry Fee, Rules 202
-
ताजा मंसिर ८, २०८१नेपाल–भारतका पत्रकारको सुझाव: प्रविधिको सदुपयोग गर्दै पत्रकार आचारसंहितालाई बलियो बनाउनु पर्ने
-
ताजा मंसिर ८, २०८१दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते मेहताको मृत्यु
-
ताजा मंसिर ८, २०८१बराहक्षेत्रकाे सप्तकाेशी किनारमा महिला र पुरूषकाे शव भेटियाे
-
ताजा मंसिर ८, २०८१इटहरीमा धुमधामले मनाइयाे पतञ्जली योग समिति नेपालको १४ औं स्थापना दिवस
Comments