•  १६ कार्तिक २०८१, शुक्रबार
  •  3:25:37 PM

धनगढीमा १३ बर्षीया बालिकामाथि सामुहिक बलात्कार, दुई जना पक्राउ

- फाल्गुन २५, २०७९ मा प्रकाशित



धनगढी । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा एक नाबालिकामाथि सामुहिक बलात्कार भएको छ ।धनगढी उपमहानगरपालिका–१० जुगेडा बस्ने १३ वर्षीया बालिकामाथि १७ फागुनमा सामुहिक बलात्कार भए पनि ढिलो गरी घटना बाहिरिएको ।

प्रहरीले पीडित बालिकाका परिवारले घटनाबारे जानकारी दिएपछि बलात्कारमा संलग्न रहेको आरोप लागेका दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले पीडितका परिवारले उजुरी दिएपछि १६ र १७ वर्षका किशोरलाई पक्राउ गरिएको जानकारी दिए ।

उनकाअनुसार बुधबार दुवै जनाविरुद्ध जबरजस्तीकरणी कसुरमा मुद्दा दर्ता गरेर बालिकाको स्वास्थ्य परीक्षण समेत गरिएको छ । घटनाका अभियुक्त समेत नाबालक भएकाले प्रहरीले उनीहरुको परिचय गोप्य राखेका छ । दुवै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

सम्बन्धित खवर