साँखुमा टिपरको ठक्करबाट पत्रकारसहित दुई मोटरसाइकल चालकको मृत्यु
- फाल्गुन २५, २०७९ मा प्रकाशित
काठमाडौं । काठमाडौँको साँखुमा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । शङ्खरापुर नगरपालिका–९ इन्द्रेणी चोकमा हिजो बेलुका टिपरले ठक्कर दिँदा दुई वटा मोटरसाइकलका चालकको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।
दुर्घटनामा बा ९४ प ४४९८ नम्बरको मोटरसाइकलका चालक साँखुका ५० वर्षका पवनलाल श्रेष्ठ र बा ८२ प ८३५७ नम्बरको मोटरसाइकल चालक शङ्खरापुर–९ घर भएका २२ वर्षका हरि खड्काको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका नेवा पत्रकार कोषका सहकोषाध्यक्ष पवनलाल श्रेष्ठको उपचारका क्रममा नेपाल मेडिकल कलेज अत्तरखेलमा र खड्काको शङ्खरापुर अस्पतालमा ज्यान गएको हो । बा ८२ प ८३५७ नम्बरको मोटरसाइकलमा पछाडि रहेकी शङ्खरापुरकै २० वर्षकी पुनम श्रेष्ठ घाइते भएकी छन् ।
उनको ग्राण्डी अस्पताल टोखामा उपचार भइरहेको छ । ठक्कर दिने बा ५ ख २४१४ नम्बरको टिपरसहित चालकलाई पक्राउ गरिएको बौद्ध प्रहरीले जनाएको छ ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १६, २०८१राैतहटमा जङ्गली हात्तीले आक्रमण गर्दा श्रीमतीको मृत्यु, श्रीमान भागेर जोगिए
-
ताजा कार्तिक १६, २०८१आफैंले पालेको गोरुले हानेर झापामा एकको मृत्यु
-
ताजा कार्तिक १६, २०८१पिकनिक गएर फर्किने क्रममा तीन दिनदेखि बेपत्ता युवती मृत्त फेला
-
ताजा कार्तिक १६, २०८१तिहारमा भाइटिकाकाे दिनपनि झापा , माेरङ ,सुनसरीमा वर्षाकाे सम्भावना
-
ताजा कार्तिक १६, २०८१फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’
Comments