पथरीशनिश्चरेमा खेतबाटै २ मनबढी आलु चोरी : उखेलिएकाे बाेट बाेकेर प्रहरी कार्यालय पुगे कृषक
- फाल्गुन ४, २०७९ मा प्रकाशित
इटहरी । मोरङको पथरीशनिश्चरे -२ कालापानीमा खेतीबाटै आलु चोरी भएको छ ।पथरी कृषि फर्मका संचालक रुद्र मणि न्यौपानेले १५ धुर क्षेत्रफलमा लगाएको आलु सोमबार राति चोरी भएको हो । न्यौपानेले २ विघा क्षेत्रफल जमिन भाडामा लिएर कागती खेती र नगदे वाली गर्दै आएका छन् ।
करिव २ मन आलु चोरी भएको फर्मका न्यौपानेले बताए। उनले फर्ममा कागती, उखु, साग केराउ, प्याज, लसुन लगायतका नगदे बाली लगाउदै आएका छन् । गाँउमा रहेको फर्ममा कहिले काँही कागती र अन्य सागपात समेत चोरी हुने गरेको बताउँछन् ।
आलु चोरी भए पछि न्यौपानेले जनप्रतिनिधि र प्रहरीमा जानकारी गराएका छन् । सुनसान गाँउमा रातको समयमा चोरी भएकाले चोर पत्ता लाग्न पनि सकिएको छैन ।
सम्बन्धित खवर
-
ताजा कार्तिक २, २०८१दसैँ अवधीभर कोशी प्रदेशमा दुई सय ६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु , इटहरीमा मात्रै १६ दुर्घटना : बाह्र दिनमा सात हजार पाँच सय ९१ वटा सवारी कारबाहीमा
-
ताजा कार्तिक २, २०८१टी-२० आई क्रिकेट: अमेरिकालाई नेपालले दियो १६५ रनको लक्ष्य
-
ताजा कार्तिक २, २०८१हमासका प्रमुख मारिएपछि इजरायलमा विजयी उल्लास, के अब युद्ध अन्त्य होला ?
-
ताजा कार्तिक २, २०८१राजविराज कारागारमा क्षमताभन्दा चौब्बर कैदीबन्दी, कारागारको जग्गा पनि अतिक्रमण
-
ताजा कार्तिक २, २०८१कोसी सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक, पारदर्शीता, सुशासन, रोजगारी र विकास परियाेजनालाई विशेष प्राथमिकता
Comments