•  ९ मंसिर २०८१, आईतवार
  •  9:49:53 AM

दलितउत्थान समिति सुन्दरहरैचाको अध्यक्षमाकुमार मिजार

- माघ २४, २०७९ मा प्रकाशित



इटहरी । दलित उत्थान समन्वय समिति सुन्दरहरैचाको अध्यक्षमा कुमार मिजार चयन भएका छन । आइतवार सम्पन्न साधारण सभाबाट मोरङको सुन्दरहरैचा नगरपालिका दलितउत्थान समन्वय समितिको अध्यक्षमा कुमार मिजार चयन भएकाहुन ।

समितिको उपाध्यक्षमा धनराज रसाईली र मदन परियार ,सचिवमा माधव शिवा र सहसचिवमा कुमार बयलकोटी ,  कोषाध्यक्षमा दिपा विश्वकर्मा चयन भएका छन ।सुन्दरहरैचा नगरपालिकाभित्र रहेका सबै थरका दलित समुदायको हकअधिकारकालागि निर्माण भएको दलितउत्थान समन्वय समितिको पदाधिकारीहरु सहित जम्मा १७ जनाको कार्यसमिति चयन भएको अध्यक्ष कुमार मिजारले बताए ।

साधारण सभाको क्रममा दलित उत्थान समितिको श्रमदान र नगरपालिकाको सहयोगमा निर्माण भएको सामुदायिक भवन पनि उदघाटन गरिएको थियो । भवन प्रमुखअतिथि सुन्दरहरैचा नपाका प्रमुख केदार प्रसाद गुरागाँई र विशिष्ट अतिथि पुर्व प्रमुख शिवप्रसाद ढकालले संयुक्त्त रुपमा उदघाटन गरेका थिए ।

Comments

सम्बन्धित खवर