प्रगतिशिल फड्को अभियानद्धारा तरहरामा बत्ती र अपांगता भएकालाइ कपडा बितरण
- माघ २१, २०७९ मा प्रकाशित
इटहरी । तरहरा उज्यालो भन्ने नाराका साथ तरहरा क्षेत्रमा रहेका विभिन्न मठ मन्दिर, र स्कुल, कलेज लगाएतका क्षेत्रलाइ बत्ती तथा अपाङ्गता भएका लाई कपडा हस्तान्तरण गरीएको छ । सार्वजानीक क्षेत्रलाइ उज्यालो बनाउने उदेश्यले प्रगतिशिल फड्को अभियानद्धारा इटहरी २० तरहरा क्षेत्रमा रहेका सार्वजानीक स्थानमा बत्ती तथा अपाङगता भएकाहरुलाइ कपडा हस्तान्तरण गरीएको हो ।
संस्थाले तरहरा स्थित जनसहयोग स्कुल र कलेजलाइ ३५ सय रुपैया बराबरको एक एक थान सेन्सर बत्ति हस्तान्तरण गरेको छ भने अपाङ्गता भएका चन्द्रराज धामिलाइ जाडोमा समस्या नहोस भन्ने उदेश्यले डसना,ब्लाङ्केट,तन्ना,तौल्या र म्याट यज्ञ खत्री दाहालको सहयोगमा हस्तान्तरण गरेको हो ।
यस्तै सोहि क्षेत्रमा रहेका गुम्बा, मन्दिर, चर्च लगाएतलाइ बत्ति वितरण गरिएको प्रगतिशिल फड्को अभियानका संयोजक नविन गुरुङले जानकारी दिए । सो संस्थालाइ दिपेन गुरुङ, प्रकाश राइ र जगत बहादुर भट्टराइ लगाएतल ८ थान बत्तिहरु सहयोग गरेका थिए । प्रगतिशिल फड्को नामक सस्थांले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
Comments