प्रदेश १ प्रदेशसभाको बैठक माघ २३ गते बस्ने
- माघ १३, २०७९ मा प्रकाशित
इटहरी । प्रदेश १ का सभामुख बाबुराम गौतमले प्रदेशसभाको पहिलो अधिवेशनको छैटौं बैठक माघ २३ गतेको लागि बोलाएका छन् । पुस ३० गते उपसभामुखको निर्वाचन सम्पन्न भएपछि स्थगित भएको बैठक माघ २३ गते बस्ने तय भएको प्रदेशसभाका सचिव गोपाल पराजुलीले जानकारी दिए ।
प्रदेशसभामाको लागि बिजनेस अभाव भएको कारण बैठक बस्न नसकेको हो । प्रदेशको नामकरणसहित महत्वपूर्ण कानूनहरु निर्माण गर्नुपर्ने भएपनि सररकारले त्यसको प्रक्रिया अगाडि नबढाउँदा संसद कामविहिन भएको हो । प्रदेशसभाका विषयगत समितिको पनि टुंगो लगाउन बाकीँ छ ।
पुस २५ गते हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार गठन भएको थियो । सरकार गठनको दुई सातापछि उनले सात सदस्यीय मन्त्रीपरिषद्को कार्यविभाजन गरेका थिए ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
-
ताजा मंसिर ९, २०८१कालीगण्डकी करिडोरले जोड्दै मुक्तिनाथ र लुम्बिनी
-
ताजा मंसिर ९, २०८१धरहरा चढ्न आजदेखि शुल्क, फोटो खिच्दा पनि पैसा
Comments