इटहरीमा तामाङ समुदायले मनाए ल्हाेसार
- माघ ७, २०७९ मा प्रकाशित
इटहरी । तामाङ घेदुङ उपमहानगर समिति इटहरीले शनिबार साेनाम ल्हाेसारकाे अवसरमा विविध कार्यक्रम सम्पनन गरेकाे छ । बाघ वर्गलाई विदाइ गर्दै बिरालो वर्गलाई स्वागत स्वाेरूप इटहरीमा बिभिन्न कार्यक्रमहरू सम्पन्न गरेकाे हाे ।
जातीय पहिचान सहित भेषभुसामा सजिएर भेला भएका तामाङ समुदायहरूले साेनाम ल्हाेसारकाे अवसर पारेर सांस्कृतिक नृत्य, गित तथा सुभकामना आदान प्रदान गरेका हुन ।
तामाङ घेदुङ उपमहानगर समिति इटहरीका अध्यक्ष माेहन लोप्चनकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी उपमहानगर प्रमुख हेमकर्ण पाैडेलले समय र परिस्थिती अनुसार समाज परिवर्तन हुदै जादा जातिय सदभाव कायम राख्न र भाइचाराकाे सम्बन्ध बलियाे बनाउने पुरानाे रितिरिवाजलाइ पनि सम्मान गरिनुपर्ने बताए ।
उनले तामाङ समुदायलाइ ल्हाेसारकाे सुभकामना प्रदान गरे । तिथी अनुसार तामाङ समुदायकाे सोनाम ल्होसार पर्व भोली अर्थात आइतबार परेकाे छ ।
कार्यक्रमका अध्यक्ष लाेप्चनका अनुसार सोनाम ल्होछारमा सम्पुर्ण प्राणीको सुखशान्तिको कामना गर्दै गुम्बामा पुजा गरिने वताए ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
-
ताजा मंसिर ९, २०८१कालीगण्डकी करिडोरले जोड्दै मुक्तिनाथ र लुम्बिनी
-
ताजा मंसिर ९, २०८१धरहरा चढ्न आजदेखि शुल्क, फोटो खिच्दा पनि पैसा
Comments