प्रदेश एक : मन्त्रीहरूलाई ताेकियाे जिम्मेवारी : कस्ले पाए कुन मन्त्रालय ?
- माघ ७, २०७९ मा प्रकाशित
इटहरी । प्रदेश १ का नवनियुक्त मन्त्रीहरूको जिम्बेवारी तोकिएको छ । शुक्रबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीहरूको जिम्मेवारी तोकेका हुन ।
शुक्रबार मन्त्रिपरिषद्को बैठकले ४ वटा मन्त्रालय खारेज गरेर ९ वटा कायम गर्नासाथ कार्कीले मन्त्रीहरूलाई जिम्मेवारी दिए ।तिलकुमार मेन्याङ्बो लिम्बुले खानेपानी, सिंचाइ तथा उर्जा मन्त्रालय र बुद्धीकुमार राजभण्डारीले सामाजिक विकास मन्त्रालय पाएका छन् ।
यस्तै दुर्गाप्रसाद चापागाईँले सडक पूर्वाधार तथा शहरी विकास र जीवन आचार्यले पर्यटन, वन तथा वातावरण मन्त्रालय पाएका छन् । राप्रपाका भक्ति सिटौलाले उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्बेवारी पाउँदा जनता समाजवादी पार्टी जसपाकी निर्मला लिम्बुले स्वास्थ्य मन्त्रालय पाएकी छन् ।
आन्तरिक मामिला तथा कानुन र आर्थिक मामिला तथा योजना मन्त्रालय भने मुख्यमन्त्री कार्कीले आफैंसँग राखेका छन् ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
-
ताजा मंसिर ९, २०८१कालीगण्डकी करिडोरले जोड्दै मुक्तिनाथ र लुम्बिनी
-
ताजा मंसिर ९, २०८१धरहरा चढ्न आजदेखि शुल्क, फोटो खिच्दा पनि पैसा
Comments