•  ९ मंसिर २०८१, आईतवार
  •  2:50:28 PM

भाेजपुरमा बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ

- माघ ४, २०७९ मा प्रकाशित



भोजपुर । १३ वर्षीया २ जना र १५ वर्षीया २ जना बालिकालाई यौन दुव्र्यवहार गरेको अभियोगमा हतुवागढी गाउँपालिका–३ सिद्राङ बस्ने ३७ वर्षीय पूर्णकुमार राईलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । राईले विभिन्न मिति, समय र स्थानमा ती बालिकाहरुलाई यौन दुव्र्यवहार गरेको भन्ने छुट्टाछुट्टै उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

उता ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङ घोराही उपमहानगरपालिका–२ बस्ने ३७ वर्षीय नमराज पौडेललाई सोमबार प्रहरीले पक्राउ गरेको छ । लमही नगरपालिका–६स्थित बेलदमारको जंगलमा घाँस काट्न गएको अवस्थामा ती महिलालाई पौडेलले गत पुस १८ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थाई प्रहरी पोष्ट चौघेराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

त्यस्तै आफ्नै बुहारी २८ वर्षीया अनिता रानाको हत्या गरेको अभियोगमा म्याग्दी धौलागिरी गाउँपालिका–३ मुना बस्ने ५३ वर्षीय इन्द्रबहादुर भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । सामान्य विवादमा भण्डारीले दाउराको चिर्पटले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी रानाको बेनी

अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यता आफ्नै दाइ ५२ वर्षीय जगत गौचन तामाङको लाठी प्रहार गरी हत्या गरेको अभियोगमा बेलकोटगढी नगरपालिका–९ नलगाउँ बस्ने ३२ वर्षीय इन्द्रसिंह तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । इन्द्र सिंहले मादक पदार्थ सेवन गरी घरायसी विवाद हुँदा लाठीले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएका जगतको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

Comments

सम्बन्धित खवर