सभामुखको निर्वाचन : मनोनयन दर्ता आज
- माघ ४, २०७९ मा प्रकाशित
काठमाडौं । संघीय संसद्को सभामुखका लागि मनोनयन दर्ता आज हुँदैछ । संघीय संसद सचिवालयले ५ माघमा हुन लागेको प्रतिनिधि सभाको सभामुख चयनको निर्वाचन तालिका मंगलबार सार्वजनिक गरेको हो ।
तालिकाअनुसार आज दिउँसो ४ बजे प्रस्तावको सूचना दर्ता, ४ः१५ बजे उम्मेदवारीको सूचनाको दर्ताक्रमानुसार सूची प्रकाशन गर्ने र बुधबार ११ बजे प्रतिनिधि सभाको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनि प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्नेछन् । सभामुखका उम्मेदवारीको सूचनामाथि सामूहिक रूपमा छलफल हुने र दर्ताक्रमानुसार निर्णायार्थ प्रस्तुत हुनेछ ।
सत्ता साझेदार दलहरुका बीचमा एमालेले सभामुख लिने सहमति छ । तर, संसदको सबैभन्दा ठूलो दल कांग्रेसले के गर्ने टुंगो गरेको छैन । कांग्रेस सभापति शेरबहादुर देउवाले सभामुखकै विषयमा निर्णय लिन कांग्रेस पदाधिकारी बैठक बोलाएका छन् । आज बिहान ९ बजे सभापति देउवाले धुम्बाराहीस्थित निवासमा पदाधिकारी बैठक बोलाएका हुन् ।
बैठकमा सभामुखमा उम्मेदवारी दिने÷ नदिने निर्णय लिन देउवाले बोलाएको नेताहरुले जानकारी दिएका छन् ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
-
ताजा मंसिर १०, २०८१कञ्चनपुरकाे लालझाडीमा जङ्गली हात्तीको आतंक
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
Comments