इटहरीमा ८औं राष्ट्रिय योग दिवस मनाइयो
- माघ २, २०७९ मा प्रकाशित
इटहरी । स्वास्थ्य जीवनको चाहना ,योग ,शिक्षा र साधना भन्ने नाराका साथ इटहरीमा पनि ८औं राष्ट्रिय योगदिवस मनाइएको छ । पतञ्जली योग समिति नेपाल इटहरीको आयोजनामा इटहरीमा योग दिवस मनाइएको हो ।
उर्मिला कटुवालको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता चौधरीको प्रमुख आतिथ्यमा योग दिवस मनाइयो । योग दिवसका अवसरमा इटहरीमा प्रभातफेरी सहित योगका विषयमा चर्चा गरियो । योग गर्नाले मानिसको शारिरिक तथा मानसिक स्वास्थ्य लागि हुने फाइदाहरुका विषयमा वक्ताहरुले चर्चा गरे ।
योग प्रशिक्षकहरु सहित योगमा सहभागी हुनेहरुको उल्लेखिय सहभागिता रहेको कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीकी कोषाध्यक्ष गायत्री कटुवाल , इटहरी लेडी जेसिजकी अध्यक्ष दुर्गा खड्का आचार्य सहित जीवन विज्ञान प्रतिष्ठान इटहरी , पातन्जल योग लगायत योगसंग सम्बन्धी पेशा व्यवसायमा आवद्धहरुको सहभागिता रहेको थियो ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
-
ताजा मंसिर ९, २०८१कालीगण्डकी करिडोरले जोड्दै मुक्तिनाथ र लुम्बिनी
-
ताजा मंसिर ९, २०८१धरहरा चढ्न आजदेखि शुल्क, फोटो खिच्दा पनि पैसा
Comments