•  ९ मंसिर २०८१, आईतवार
  •  2:07:01 PM

प्रदेश सांसद मिना श्रेष्ठ : ५ मिनेट शाैचालय पस्दा उप सभामुखमा भाेट हाल्न पाइनन

- पुष ३०, २०७९ मा प्रकाशित



नेकपा एमालेकी सांसद मीना श्रेष्ठ प्रदेशसभाको उपसभामुख चयन गर्ने मतदानमा सहभागी हुनबाट बञ्चित भएकी छन् ।

नेकपा एमालेबाट समानुपातिक सांसद रहेकी श्रेष्ठले शौचालयबाट फर्कन ढिलो गर्दा उपसभामुख निर्वाचनमा भोट हाल्न नपाएकी हुन् ।

उपसभामुखको निर्वाचन गर्न आज बसेको ​संसद् बैठकमा उपस्थिति भएपनि श्रेष्ठ निर्वाचन प्रयोजनको लागि सभाकक्षको ढोका बन्द हुँदा बाहिरै बस्न बाध्य भएकी हुन् । निर्वाचनको लागि ढोका बन्द गर्नअघि सभामुख बाबुराम गौतमको निर्देशनमा ५ मिनेट मतविभाजन घण्टी बनेको थियो । घण्टी बजिसक्दा श्रेष्ठ बाहिरै रहेकोले त्यसपछि सभाकक्षको सबै ढोका बन्द भयो ।

संसद भवनको पुरानो शौचालय गएकी गएकी श्रेष्ठले शौचालय गएर फर्कँदा ढिलो भएकोले उपसभामुखको निर्वाचनमा मत हाल्न नपाएको बताइन् । मतदान चलिरहँदा उनी संसद् सचिवालयको बाहिर बसेकी थिइन् । त्यसक्रममा उनले मतदानको लाइभ मोबाइलमा हेरेकी थिइन् ।

श्रेष्ठसहित आजको बैठकमा एमालेको सांसद उमकान्त गौतम पनि अनुपस्थित थिए । उनी भने विरामी रहेकोले जानकारी दिएरै अनुपस्थित भएको एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

उपसभामुखको निर्वाचनमा एमालेबाट उम्मेदवार बनेकी सिर्जना दनुवार ५७ मत पाएर निर्वाचित भएकी छन् । उनको विपक्षमा ३३ मत परेको छ । नेपाली काँग्रेस र एकीकृत समाजवादीका सांसदले विपक्षमा मत हालेका थिए ।

Comments

सम्बन्धित खवर