माेरङमा क्रशर व्यवसायीकाे भागाभाग : ४ वटालाइ तत्काल बन्द गर्न सिफारीस
- पुष २६, २०७९ मा प्रकाशित
इटहरी । मापदण्ड बिपरितका क्रशर उद्योगहरूलाई तत्काल बन्द गर्न गृहमन्त्रालयले निर्देशन दिए लगत्तै मोरङमा सम्बन्धित निकाय तथा सरोकारवालाहरूले चासो देखाउदै ४ वटालाई कार्वाहीकालागि गृहमन्त्रालय समक्ष सिफारिस गरेको छ ।मंगलबार दिउसो मोरङको बेलबारी नगरपालीका र सुन्दरहरैंचा नगरपालीका क्षेत्रमा रहेका क्रशर उद्योगहरूमा सरोकारवालाहरूको अनुगमन पछि अवैध ठहरीएका ४ वटा क्रसर उद्योगहरूलाई तत्काल बन्द गर्न सिफारिस गरिएको हो ।
मोरङ जिल्ला प्रसाशन कार्यालय , जिल्ला समन्वय समिती , स्थानिय सरकार प्रतिनिधी प्रहरी प्रसाशन लगायतको संयुक्त टोलीले मोरङको बिभिन्न क्षेत्रमा रहेका ८ वटा भन्दा बढी क्रसर उद्योगहरू अनुगमन गरेको थियो ।प्रसाशन सहितको टोली अनुगमनमा निस्केपछि क्रशर ब्यवसायीहरूबिच भागा दौड मच्चिएको थियो । ८ वटा क्रसर उद्योगमा अनुगमन गर्दा ३ जनामात्र सञ्चालक भेटिएका थिए । बाकिका ५ जनाले मोबाइल अफ गरेर बसेका थिए ।
टोलीले बेलबारी नगरपालीकाको स्टन एग्रिगेट उद्योग प्राली , सुर्ण एग्रीगेट प्राली , एमआइ एग्रिगेट प्राली , धनपाल क्रसर उद्योग , पाथीभारा वासिङ एण्ड क्रसर उद्योगमा अनुगमन गरेको थियो त्यस्तै टोलीले सुन्दरहरैंचाको पूर्वाञ्चल क्रशर , पशुपती स्टोन क्रशीङ उद्योग , जय तिरूपती क्रशर उद्योगमा अनुगमन गरेको थियो ।अनुगमनको क्रममा मानव वस्ती र बिद्यालय आसपास क्रसर उद्योग सञ्चालन गरेको भन्दै टोलीले सुन्दरहरैंचाको पशुपती स्टोन क्रशीङ उद्योग , जय तिरूपती क्रशर उद्योग , पूर्वाञ्चल क्रसर उद्योगलाइ बन्द गर्न मन्त्रालय समय सिफारिस गरेको छ ।
उक्त उद्योगहरूले स्टक क्षमता बिवरण नराखेको , मापदण्ड बिपरित खोला उत्खनन गरेको र मानव वस्ती आसपास सञ्चालन गरेकाले तत्काल बन्द गर्न सिफारिस गरिएको जिल्ला समन्वय समिती मोरङका निमित्त अधिकारी हरी प्रशाद भट्टराइले बताए ।स्थानीय तह र जिल्ला समन्वय समितिबाट लिनुपर्ने स्वीकृतिको समेत बेवास्ता गर्दै क्रसर सञ्चालकले मनपरी उत्खनन गरिरहेका पाइएकोले त्यस्ता उद्योगलाइ तत्काल बन्द गर्न सिफारिस गरिएको निमित्त भट्टराइले बताए ।
त्यस्तै गृहमन्त्रालयको निर्देशन बमोजिम नै मोरङमा रहेका सबै क्रशर उद्योगहरूको अनुगमन गरि ऐन बिपरित सञ्चालन भएकालाइ कानुनत कार्वाहि प्रकृिया अघाडी बढाइएको जिल्ला प्रसाशनको कार्यालय मोरङका प्रसाशकीय अधिकृत सन्तोष सुवेदीले बताए । अनुगमनमा स्थानिय सरकार प्रतिनिधी , प्रहरी प्रसाशन र सञ्चारकर्मीहरूको पनि उपस्थिती रहेको थियो ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
-
ताजा मंसिर ९, २०८१कालीगण्डकी करिडोरले जोड्दै मुक्तिनाथ र लुम्बिनी
-
ताजा मंसिर ९, २०८१धरहरा चढ्न आजदेखि शुल्क, फोटो खिच्दा पनि पैसा
Comments