•  २ कार्तिक २०८१, शुक्रबार
  •  10:13:42 PM

विराटनगरबाट ठूलो मात्रामा अवैध घरेलु मदिरा बरामद

- पुष २२, २०७९ मा प्रकाशित



इटहरी । विराटनगर महानगरपालिका १२ नम्बर वडामा घरेलु मदिरा बनाउने भट्टीमा छापा मारेर ठुलो परिमाणमा रक्सी बनाउने कच्चा पदार्थ र मदिरा बरामद गरेको छ । वडा प्रहरी कार्यालय विराटनगर ‘क’ का डिएसपी दिपेन्द्र पन्जियारको नेतृत्वमा गएको प्रहरी टोलीले आज बिहान विराटनगर १२ बाट घरेलु मदिरा बनाउने कच्चा पदार्थ र रक्सी बरामद गरेको हो ।

विराटनगर– १२ मा अवैध घरेलु मदिरा बनाई बेचबिखन गरिरहेको भन्ने सूचनाको आधारमा उत्पादन गरेको तथा उत्पादनको तयारी गरिएको मदिरा र मदिराको कच्चा पदार्थ नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार प्रहरीले घरेलु मदिरा बनाउने २ हजार ८ सय ८० लिटर कच्चा पदार्थ, तयारी मदिरा १२५ लिटर र मदिरा बनाउने भाडाका सामानहरू ३१ थान बरामद गरेको जानकारी दिए ।

बरामद गरेको सामान अन्दाजी २ लाख ४४ हजार ९७० मुल्य बरावरको रहेको प्रहरीले जनाएको छ । बरामद गरेको समान प्रहरीले आवश्यक कारबाहीको लागि आन्तरिक राजस्व कार्यालय विराटनगरमा बुझाउनेछ ।

Comments

सम्बन्धित खवर