•  ९ मंसिर २०८१, आईतवार
  •  4:48:06 PM

कोशी अस्पतालको सटरमा महानगरकाे डाेजर : ८४ लाख बढी भाडा बुझाउन बाकी

- पुष २२, २०७९ मा प्रकाशित



इटहरी । विराटनगरकाे कोशी अस्पताल अगाडि निर्माण गरिएका संरचना विराटनगर महानगरपालिकाले हटाएको छ । नक्सा पास नगरी  अस्पतालले बनाएका अनाधिकृत संरचना महानगरपालिकाले डाेजर प्रयाेग गरेर हटाएको हो । अस्पतालको संरचनामा पसल सञ्चालन भइरहेका थिए । ती पसलले अस्पताल पसललाई पछिल्लो समय भाडा बुझाएको थिएनन् । 

अस्पताल विकास समितिको आग्रह विराटनगर महानगरपालिकाले  नक्सा पास विना निर्माण भइ सञ्चालनमा रहेका संरचना डोजर प्रयोग गरेर हटाएको हो । महानगरले पसल सञ्चालन भएका सटर हटाएपछि अस्पताल अगाडि हुने ट्राफिक जाम कम हुने अस्पताल विकास समितिका सदस्य मुकेश बुढाथाेकीले बताए । 

नक्सा पास गर्नका लागि आग्रह गर्दा अटेर गरेपछि संरचनामा डोजर चलाइएको महानगरपालिकाले जनाएको छ । कोशी अस्पतालले सटरको बहाल करसमेत बुझाएको थिएन ।महानगरले अस्पतालको प्रवेशद्वारमा रहेका वर–पीपल र अन्य रुखको हाँगासमेत हटाएको छ ।  भाँचिएर मानवीय क्षति हुने जोखिमलाई ध्यानमा राखेर रुखका हाँगा हटाइएको महानगर प्रहरीका प्रमुख राजन पौडेलले बताए ।

Comments

सम्बन्धित खवर