झापामा माई मेलाको तयारी : २ लाख तीर्थयात्री सहभागी हुने अनुमान
- पुष २२, २०७९ मा प्रकाशित
झापा । झापामा वर्षेनी लाग्दै आएको माघे सग्राँती माई मेलाको तयारी शुरु भएको छ । पुस २८ देखि शुरु हुने माईमेला पाँच दिन सम्म संचालन हुने मेला आयोजक समितिले जनाएको छ । झापाको पवित्र तिर्थस्थल कन्काई नदीको दुवै किनारमा वर्षौदेखि मेला लाग्दै आएको छ । माघ १ अर्थात माघे सग्राँतीका दिन मकर स्नान गर्ने भक्तजनको घुइँचो लाग्ने गरेको छ ।
माई मेलामा आएर मकर नुहाई पूजा, आरधना गरेमा मनोकांक्षा पुरा हुने धार्मिक विश्वास रहेको छ । कन्काई नदीलाई भगवती माईदेवीका रुपमा मान्ने गरिएको छ । भगवती माईदेवीमा स्नान गरेपछि मनोकांक्षा पुरा हुने स्थानिय दामोदर सुवेदीले बताए ।
नेपाल लगायत छिमेकी मलुकभारतबाट समेत मकर स्नानका लागि आउनेहरुको संख्या उल्लेख्य हुने गरेको छ । झापा, मोरङ, सुनसरी, धनकुटा, इलाम, पाँचथर, ताप्लेजुङ्ग लगायत भारतको सिलिगुडी, सिक्किम, दार्जिलिङ्ग, असाम, मणिपुर लगायत भुटानबाट मेलामा भक्तजन आउने गरेका छन् । यो मेलामा भारतिय नेपाली भाषीको भिड लाग्ने गरेको छ ।
माईमेलामा विविधजात—जातिका संकृति अनुसारका सांस्कृतिक कार्यक्रमहरु आयोजना हुने गरेका छन् । यस अघिको माई मेला कोभिड–१९ को महामारीका कारण प्रभावित भएको थियो । कोरोना नियन्त्रण भएपछि भने यो वर्षमाईमेलामा तीर्थयात्रीको भिड लाग्ने अनुमान गरिएको छ ।
यो वर्षपनि माई मेलामा रोटेपिङ, विभिन्न खेल तमासा, ब्रेकडान्स, बटर फ्लाई, कोलम्बस, विभिन्न जातजातीका झाँकी, कला साहित्यका विविधि कार्यक्रम आयोजना हुने स्थानिय लक्ष्मण अधिकारीले बताए । माई मेलामा यो वर्ष २ लाख सर्वसाधरण तीर्थ यात्री मकर स्नान गर्न आउँन सक्ने उनले बताए । मेलाका कारण कनकाई नदीको पुलमा भिड नियन्त्रणका लागि काठको पुल निर्माण गरिएको छ ।
कनकाईको पश्चिम तटिय क्षेत्रबाट पुर्वि तटिय क्षैत्रमा आयोजना हुने मेलामा सहभागि हुन उक्त पुल तिर्थयात्रीले प्रयोग गर्ने छन् । जसका कारण राजमार्गको पुलमा भिड नलाग्ने अधिकारीले बताए । मेलामा कुनै पनि अप्रिय छटना नहोस भन्नका लागि सुरक्षा व्यवस्था पनि कडा पारिने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । स्थानिय स्वयम्सेवक, नेपाल प्रहरी, शसस्त्र प्रहरीले सुरक्षा प्रदान गर्ने शिवसताक्षी नगरपालिपकाले जनाएको छ ।
उक्त दिन सूर्य उत्तरायण भएका बेला गरिएको स्नान, दान, जपतप, तीर्थ, व्रतलाई उत्तम मानिएको धार्मिक क्षेत्रका जानकारहरुको भनाई छ । मक्कर स्नानबाट शारीरमा भएका विभिन्न रोगहरुको सामधान हुने तथा मानव जीवनमा गरेको पाप र भुलहरु नस्ट भएर जाने जनविश्वास रहि आएको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
-
ताजा मंसिर ९, २०८१कालीगण्डकी करिडोरले जोड्दै मुक्तिनाथ र लुम्बिनी
-
ताजा मंसिर ९, २०८१धरहरा चढ्न आजदेखि शुल्क, फोटो खिच्दा पनि पैसा
Comments