•  ९ मंसिर २०८१, आईतवार
  •  7:13:20 PM

एक्सनमा निस्किए इटहरी ६ का वडाध्यक्ष दिवश पाेख्रेल : लत्रेकाे तार हटाउने देखि सिसी क्यामारा जडान सम्म

- पुष १८, २०७९ मा प्रकाशित



इटहरी । बिजुलीको पोलहरूमा जथाभावी राखिएको प्रचारात्मक होर्डिङ बोर्ड र लत्रेका तारहरू ब्यवस्थापन गर्न इटहरी उपमहानगर वडा नं ६ का वडाध्यक्ष दिवश पोख्रेल सकृिय भएर लागि परेका छन । स्थानिय सामाजिक संस्था र युवाहरूको साथ पाएपछि वडाध्यक्ष पोख्रेल यतिबेला आफ्नो शहरलाइ स्वोच्छ र शान्ती सुरक्षामा अब्बल बनाउन बिशेष भुमिका निभाइरहेका छन ।

 

उनलाइ वडा सचिव प्रोक्षण पोख्रेल , प्राविधक समुह लगायत वडावासिहरूले पनि उत्ती साथ सहयोग पुर्याउदै आएका छन । पोख्रेलले कार्यभार सम्हालेको ८ महिना पुगिसक्दा अहिले सम्म वडा भित्र बिभिन्न सुधारात्मक कृयाकलापहरू गरिसकेका छन । कविर मावी बिद्यालय क्षेत्रको पैनी सरसफाइ , खोला मिचेर बनाइएको भौतिक संरचनाहरू भत्काउने , बिभिन्न स्थानमा सरसफाइ , जनचेतनामुलक शन्देश लगायतका कामहरू गर्दै आएका छन । 

कार्यभार सम्हालेको ८ महिना बितिसक्दा वडाकै बजेटबाट मुख्य स्थानहरूमा १३ वटा सिसी क्यामारा जडान भइसकेको छ ।६ नं वडालाइ भयरहित र अपराधमुक्त बनाउन ८ महनिाको अवधीमा १३ वटा ससिी क्यामारा जडान गरेको वडा सचिव प्रोक्षण पोख्रेलले बताए । इटहरीको टेंग्रा पुल दक्षणि भागमा बजार लाइन सम्म ४ वटा , इलाका प्रहरी कार्यालय अघाडी सामुदायकि औषधी पसल दक्षणिमा २ वटा ,नेश्नल गल्लीमा ४ वटा र सहकारी टोलमा ३ वटा गरी १३ वटा क्यामेरा जडान भएको ६ नं वडा कार्यालयका सचवि प्रोक्षण पोख्रेलले बताए ।

अपराध नियन्त्रण तथा दुर्घटना न्युनकिरणका लाग टेवा पुगोस भन्ने उद्येश्यका साथ सो थानहरूमा ससिी क्यामारा जडान गरिएको इटहरी उपमहानगर वडा नं ६ का वडाध्यक्ष दविश पोख्रेलको भनाइ छ । शान्ती सुरक्षाको सवालमा आफ्नो वडालाइ मजबुद बनाउन वडाकै कुल ७ लाख बजेटमा सो परमिाणको ससिी क्यामारा जडान गरएिको वडाध्यक्ष पोख्रेलको भनाइ छ ।जडान भएका सिसी क्यामाराको मनिटर र कन्ट्रोल इलाका प्रहरी कार्यालय इटहरीले गर्दै आएको छ ।

Comments

सम्बन्धित खवर