नव निर्वाचित प्रदेश सांसदहरूकाे प्रतिवद्धता : ‘नामाकरणलाई प्राथमिकता दिनेछाै’
- पुष १८, २०७९ मा प्रकाशित
इटहरी । पहिलो कार्यालयमा टुंगो लाग्न नसकेको प्रदेश १ को नामाकरण चाँडै सर्वसम्मत रुपले गरेर संघीयता विरोधीलाई जवाफ दिनुपर्नेमा नयाँ निर्वाचित प्रदेश सांसदहरुले जोड दिएका छन् । नवनिर्वाचित सांसदहरुलाई पुसन १५ र १६ गते प्रदान गरेको दुई दिने अभिमुखिकरणको समापन कार्यक्रममा सांसदरुले प्रदेशको नामाकरण चाँडै सर्वसम्मत रुपले गर्न पहल गर्ने प्रतिबद्धता जनाए ।
प्रदेशको नामाकरणसँगै ५ वर्षसम्म पार्टी अनि सत्ता र प्रतिपक्षको विभेदकारी व्यवहारकाट मुक्त भएर सबै दलहरुले सहकार्य गरे मात्र प्रदेश संरचना विकास र अधिकारका लागि आवश्यक छ भन्ने औचित्य पृष्टि हुने सांसदहरुको भनाई छ । नेकपा एमालेका नेता बुद्धिकुमार राजभण्डारीले प्रदेश भड्किलो र खर्चिलो भयो भन्ने प्रचारलाई खारेज गर्न सबै दलहरुले आपसी समन्वय गरेर काम गर्नुपर्नेमा जोड दिए ।
पहिलो कार्यकालमा प्रदेशले नाम पाउन नसक्दा पनि संघीयता विरोधीले प्रश्न उठाएको भन्दै उनले अब सबै दलहरुले सहमतिमा प्रदेशको नामाकरण चाँडै गर्नुपर्ने बताए । प्रदेशको नामकरण गर्न नसक्दा संघीयता खारेज गरौं भन्नेहरु हौसिएको उनको भनाइ छ ।
नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रादेशिक संरचना गलत हैन भन्ने स्थापित गर्न प्रदेशसभा र प्रदेशसभाको चुनौति रहेको बताए । प्रभावकारी कानुन बनाउन र बनेका कानुन कार्यान्वयन गराउँदै सरकारको निगरानी गर्न सके प्रदेशमा विकासले फड्को मार्ने उनको भनाइ छ ।माओवादी केन्द्रका नेता दुर्गाप्रसाद चापागाँईले निर्वाचित भएका सबै दलका सांसदहरुले ५ वर्ष चनाखो भएर काम गर्नसके प्रदेश गलत हो भन्नेहरु आफैं गलत साबित हुने बताए । प्रदेशको औचित्य सार्थक बनाउने चुनौति सामना गर्न परिवर्तनको लागि सहकार्य गरेका दलहरुबीचको सहकार्य आवश्यक हुनेमा उनको जोड छ ।
राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौला, एकीकृत समाजवादीका नेता कमलप्रसाद जबेगु र जनता समाजवादीकी निर्मला लिम्बूले विकासका लागि सबै दलहरु एक हुनुको विकल्प नभएको बताए । नयाँनिर्वाचित ९३ जना सांसदहरुलाई विराटनगरमा भेला गरि प्रदेशसभा सचिबालयले अभिमुखिकरण गराएको थियो ।
कार्यक्रममा संविधानविद् डा.विपिन अधिकारीले संघीयतामा प्रदेशसभा र सांसदहरुको भुमिका, कानुन निर्माण प्रक्रिया तथा सांसदहरुको अधिकारबारे प्रष्ट पारेका थिए । यसैगरि प्रतिनिधिसभाका पूर्वसचिव मुकुन्द आचार्यले प्रदेशसभा सञ्चालन र व्यवस्थापनको प्रक्रिया तथा मर्यादाबारे बुझाएका थिए । कार्यक्रममा पूर्व महालेखा प्रमुख सुरेश प्रधानसहितले अभिमुखीकरण गरेका थिए ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments