जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङको बार्षिक साधारणसभा
- पुष ३, २०७९ मा प्रकाशित
पथरी । जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङको २९ औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ।शनिबार बेलबारी( ३ स्थित जिल्ला बचत तथा ऋण सहकारी संघको सभाहलमा सम्पन्न भएको हो । संघका अध्यक्ष सोमनाथ निरौलाको अध्यक्षतामा भएको साधारण सभामा सचिव एकराज निरौलाले बार्षिक प्रगति प्रतिबेदन तथा आ।ब २०७९।०८० को कार्ययोजना पेस गरेका थिए ।
सोहि अवसरमा कोषाध्यक्ष जीवन बस्नेतले आ।व २०७९।०८० को अनुमानित बजेट र लेखा संयोजक बिष्णुप्रसाद ओझाले लेखा तथा सुपरिबेक्षण समितिको प्रतिबेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका पुर्व अध्यक्ष केशवप्रसाद बडाललाई सहकारी ब्यक्तित्व सम्मान,जिल्ला बचत तथा ऋण सहकारी संघका पुर्ब कोषाध्यक्ष दीपकचन्द्र राई,पुर्ब सञ्चालक भक्तिप्रसाद ढकाल, पुर्व सञ्चालक देवी गौतमलाई पुर्ब सञ्चालक सम्मान,जनकल्याण साकोस मिक्लाजुङ,एकता भलुवा साकोस केराबारी र नारीसंकल्प साकोस उर्लाबारीलाई संस्था पुरस्कार, मनकामना साकोस पथरीशनिश्चरेका प्रमुख कार्यकारी अधिकृत कल्याण बजगाँई, दीपज्योति नारी विकास साकोस बेलबारीका ब्यबस्थापक गोमा खुलाल, सातमेडी साकोस रतुवामाईका ब्यबस्थापक जीवन पोख्रेल तथा लेटाङ साकोस लेटाङका लेखापाल गणेश अधिकारीलाई कर्मचारी पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।
सम्बन्धित खवर
-
ताजा मंसिर ८, २०८१याे वर्ष अलैंचीको मूल्य उच्च विन्दुमा, किसानहरू उत्साहित
-
ताजा मंसिर ८, २०८१झापामा अन्तर–सीमा अपराध रोक्न सक्रिय सशस्त्र प्रहरी
-
ताजा मंसिर ८, २०८१अमेरिकामा कार रुखमा ठोक्किँदा नेपाली युवाको मृत्यु
-
ताजा मंसिर ७, २०८१धरहरा आइतबारदेखि सशुल्क सञ्चालन हुने
-
ताजा मंसिर ७, २०८१झापाबाट ११ करोडको चिया निर्यात
Comments