•  ८ मंसिर २०८१, शनिबार
  •  9:43:17 AM

बैँँकले चर्को ब्याज लिएको भन्दै बेलवारीका व्यवसायीहरू आन्दोलित

- मंसिर २, २०७९ मा प्रकाशित



इटहरी । बैँकहरुले चर्को ब्याजदर निर्धारण गरेर ढाड सेकेको भन्दै बेलवारीका ब्यवसायीहरु आन्दोलित भएका छन् । बिहिवार दिउँसो उच्च बैँक ब्याजदर तथा प्रतिकुल बैकिङ नितिका विरुद्ध उद्योगी , ब्यवसायी र सर्वसाधारण सहितले बृहत बिरोध जुलुस समेत निकालेर विरोध गरेका हुन् ।

जुलुस बेलबारी ३ पुरानो मालपोतबाट शुरु भै दुर्गा मन्दिर हुँदै राष्ट्रिय बाणिज्य बैँक अगाडी पुगेर कोणसभामा परिणत भएको थियो । बेलबारी उद्योग बाणिज्य संघ र उत्तरी मोरङ होटल व्यवसायी संघको आयोजनामा भएको कार्यक्रममा ब्यवसायीहरु प्ले कार्डसहित नारावाजी गर्दै विरोधमा उत्रिएका थिए ।

बैक ब्याज साह्रो भयो,कारोबार गर्न गाह्रो भयो,ब्यापार गर्ने स्वच्छ बाताबरण बनाई दे,चर्को ब्याजदर बन्द गर,बैँक ब्याज एक अंकमा झारी दे,ओडी र डिमाण्ड लोन साविक बमोजिम नवीकरण गर, लगायतका नारा लेखिएका प्ले कार्ड सहित ब्यवसायीहरुले प्रर्दशन गरेका थिए ।

ब्यापार ब्यवसाय चौपट भएको समयमा बैँकहरुले ब्याज बृद्धि गर्दा ब्यवसायीहरु थला परेको र उठनै नसक्ने गरि बोझ थपिएको बेलबारीका पर्यटन ब्यवसायी बिजय सुवेदीले गुनासो गरे । उनले बैँकहरुले बढाएको ब्याज तत्काल फिर्ता लिन र ब्यवसायीहरुलाई सहज किसिमले ब्यवसाय गर्ने बातावरण मिलाउन समेत उनले आग्रह गरे ।

Comments

सम्बन्धित खवर