•  १० मंसिर २०८१, सोमबार
  •  5:07:41 PM

आज राति १२ बजेदेखि प्रचारप्रसार गर्न नपाइने , यस्ता कार्य गर्न नपाइने

- मंसिर १, २०७९ मा प्रकाशित



इटहरी । आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारहरू आज अन्तिम दिनको प्रचारप्रसारमा छन् । आज राति १२ बजेदेखि चुनाव प्रसारप्रसार गर्न पाइँदैन ।

निर्वाचन आयोगले आइतबार अर्थात् मंसिर ४ गते हुने चुनावका लागि आज राति १२ बजेदेखि आचारसंहिताले निषेध गरेका कुनैपनि गतिविधि नगर्न, नगराउन राजनीतिक दल, उम्मेदवार र नागरिकलाई सचेत गराएको छ ।

आज राति १२ बजेदेखि स्थिर समय सुरु हुने र ४८ घण्टा अघिदेखि चुनाव प्रचारप्रसारलगायत गतिविधि सञ्चालनमा निर्वाचन आचारसंहिता ०७९ ले निषेध गरेकाले त्यस्तो कार्यमा संलग्न नहुन आयोगले सचेत गराएको हो ।

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान केन्द्रबाट ३ सय मिटर वरिपरि कुनै पनि दल वा उम्मेदवारको प्रचारप्रसार सामग्री भए तत्काल हटाउनुपर्ने, चुनावको वातावरण बिथोलिने कुनै पनि किसिमको सभा, सम्मेलन, भोजभतेर लगायत कार्यलाई पूर्ण रूपमा निषेध गरिएको जानकारी दिए ।

यस्तै, सामाजिक सञ्जाल, अनलाइन वा अन्य कुनै पनि छापाबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि सन्देश, सूचना, प्रसारण तथा सामग्री पोस्ट गर्ने, सेयर गर्ने, लाइक गर्ने, कमेन्ट गर्नेलगायतका सबै कुराहरू निषेध गरिएको छ ।

Comments

सम्बन्धित खवर