सुनसरी २ क : प्रदेश सभामा द्वारिकलाल चौधरीको चर्चा : भन्छन – ‘म जन्ताको लागि चुनाबी मैदानमा होमिएको हु’
- मंसिर १, २०७९ मा प्रकाशित
इटहरी । सुनसरी क्षेत्र नं २ क बाट प्रदेश सभा सदस्य उम्मेद्वार नेकपा माओवादी केन्द्रका नेता तथा इटहरी उपमहानगरका पुर्व मेयर द्वारिकलाल चौधरीले आफु जनताको लागि चुनाबी मैदानमा उत्रीएको बताउदै आएका छन । एमालेबाट हालै मात्र माओवादीमा प्रवेश गरेका उनले सुनसरीको दिगो बिकाशकालागि आफ्नो उम्मेद्वारी रहेको बताउदै आएका छन ।
राजनितिमात्रै नभएर प्रशासनको अनुभव पनि भएकाले सुनसरीका जनताले आफुलाई मत दिने दावी गरे । आफ्नो उम्मेद्वारी व्यक्तिगत रुपमा भन्दा पनि लोकतान्त्रिक बाम गठबन्धन आजको आवश्यकता रहेको र सोही गठबन्धनको आडमा नेकपा माओवादी केन्द्र मार्पmत आफ्नो उम्मेद्वारी रहेको चौधरी बताउछन । घरदैलो अभियान र चुनाबी सभामा ब्यस्त रहेका चौधरी सुनसरी २ क का मतदाताहरुमाझ लोकप्रीय नेता मानिन्छन । इटहरी उपमहानगरमा नगरप्रमुख हुदा गरेको बिकाशका काम र भ्रष्ट्रचाररहित कार्यालय बनाउने अभियानले सुनसरीमा उनको चर्चा चुलिदो छ ।
झवाक्की स्वोभावका चौधरी आफ्नो काम र कर्तब्य प्रति पनि त्यतिकै निष्ठावान देखिन्छन । घरदैलो अभियानमा पनि कोरोना महामारीको बेला द्वारिकलाल चौधरी इटहरी उपमहानगरपालिकाको मेयर रहँदा बिरामी उद्धार र राहत वितरणमा गरेकोे कामको प्रशंसा गर्दै भोट दिने मतदाताहरुले प्रतिवद्धता व्यक्त गरेका छन ।
मेयर हुदा इटहरीको भित्री सडकहरु पिचमा परिणत गरिदिनु , ठाउ ठाउमा पुल निर्माण गरिदिनु र सामाजिक काममा पनि त्यतिकै सरिक भइदिनु जस्ता कार्यहरुले उम्मेद्घार चौधरी मतदाताहरुमाझ लोकप्रीय बनेका हुन । इटहरीको कुन वडामा कुन खोलाले कती बिगार गर्न सक्छ सबको हेक्का राखेका उम्मेद्घार चौधरीले प्रदेश सभामा बिजयी भए सुनसरीलाइ देशकै नमुना शहर बनाएर देखाइदिने प्रतिवद्धता जाहेर गरेका छन ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments