सुनसरी ३ का मतदातालाइ भगबतीकाे मनछुने पत्र : अदालतले नदिएकाे न्याय जनताबाट पाउने बिश्वास छ
- मंसिर १, २०७९ मा प्रकाशित
सुनसरी । नेकपा एमालेकी उम्मेदवार भगबती चौधरीले सुनसरी क्षेत्र नम्वर ३ का बासिन्दाका नाममा मनछुने पत्र पठाउनुभएको छ । प्रतिनिधिसभा उमेदवार चौधरीले सुनसरी क्षेत्र नं. ३ का विकास र समृद्धिका लागि ब्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिएर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले पत्रमा यो क्षेत्रको विकास र समृृद्धिकै लागि आफनो जीवन सर्मपण गर्ने वाचा गर्नुभएको छ ।
चौधरीले जनताले दुःख पाउदा आफ्नो मन दुख्ने तथा आहात र पिडावोध हुने बताउँनुभएको छ । उहाँले आफूले सघै जनताको अनुहारमा खुशि छाएको देख्न बताउदै पत्रमा लेख्नुभएको छ ‘म तपाईका सपना पूरा भएको हेर्न चाहन्छु । तपाईका छोराछोरी स्कुल कलेज गएको देख्न चाहन्छु । म तपाईकै छोरी, दिदीबहिनी तपाईको साथ र सहयोगमा यो क्षेत्रको विकास र समृृद्धिकै लागि आफनो जीवन सर्मपण गर्ने वाचा गर्दछु ।’
चौधरीले यसअघिका दुई वटा चुनावमा जनताले अगाध मायाँका साथ आफुलाई मतदान गरेको तर अनेक जालझेल, षडयन्त्र गरेर हराईएको उल्लेख गर्नुभएको छ । न्याँयका लागि अदालत पुगेँ पनि अदालतबाट समेत न्याय नपाएकोले अब चुनाव मार्फत जनताकै अभिमतले जनताको अदालतबाट न्याय पाउनेमा ढुक्क रहेको बताउनुभएको छ ।
उहाँले आफनो जीत सुनसरी ३ का जनताको जीत,बिकास र सम्वृद्धिको जीत हुने उल्लेख गर्नुभएको छ । उहाँले सुनसरी ३ को बिकास र सम्वृद्धिका लागि,आफ्ना सन्ततीको भाग्य र भविष्य उज्वल बनाउन सूर्य चिन्हमा मतदान गर्न आग्रह गर्नुभएको छ । उहाँ लेख्नुहुन्छ ‘सुनसरी क्षेत्र नं. ३ लाई देशकै नमुना क्षेत्र बनाउने प्रतिबद्धता जनाउँदछु ।’
प्रतिनिधिसभा सदस्यकी उम्मेदवार चौधरीले पत्रमा उल्लेख गर्नुभएको छ ‘सुनसरी क्षेत्र नं. ३ ले ६ पटक जिताएर पठाएको व्यक्ति १२ पटक मन्त्री ४ पटक उपप्रधानमन्त्री बनेपनि क्षेत्रले विकास र समृद्धि पाउन सकेन । धुलेयाम सडक, खानेपानीको अवस्था, किसानको अवस्था दयनीय भएको कुरा, तपाईको विकास प्रतिको चाहना र सपना कहिल्लै प्राथमिकतामा परेन ।’
उहाँले आफ्नो क्षेत्रमा अहिलेसम्म कुनै ठूलो स्कुल, कलेज, तथा सुविधा सम्पन्न अस्पताल बन्न नसकेको उल्लेख गर्नुभएको छ । उहाँले आफु निर्वाचित भएर गएको खण्डमा ३१ बर्षमा हुन नसकेको बिकास नमूनाका रुपमा ५ बर्षमा गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments