•  १० मंसिर २०८१, सोमबार
  •  6:36:58 PM

सुनसरी ३ चुनाबी माहाेल : भगबतीकाे प्रचार शैली आक्रामक : मतदातालाइ इमाेस्नल ट्रयापमा पार्दै गच्छदार

- कार्तिक २८, २०७९ मा प्रकाशित



इटहरी । नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदार र एमालेकी नेता भगवती चौधरीको तेस्रोपटकको चुनावी भीडन्तले सुनसरी ३ को प्रतिष्पर्धालाई चाखलाग्दो बनाएको छ ।

यी दुईबीच यसअघि दुईटा निर्वाचनमा प्रतिष्पर्धा भइसकेको छ । ती दुवै निर्वाचनमा गच्छदारले विजय हासिल गर्दा भगवतीले उनलाई कडा टक्कर दिएकी थिइन् । गच्छदार सातौं जीतको खोजीमा हुँदा चौधरी पहिलो जीतको पर्खाइमा हुनेछिन् ।

गच्छदार अहिले पनि अदालतमा भ्रष्टाचार मुद्दाले घेरिएका छन् । बालुवाटारको ललिता निवास प्रकरणमा उनीविरुद्धको मुद्दा अदालतमा विचाराधीन अवस्थामा छ ।
सधैंजसो विवादकै बीचमा उनले चुनाव लड्दै आए । जतिसुकै विवादले घेरिए पनि सुनसरीका मतदाताले भने उनलाई सधैं अनुमोदन गर्दै आएका छन् ।

दलीय रुपमा बरु उनी अस्थिर रहे । मतदाताले भने उनलाई रोज्ने मामिलामा आफूलाई सधैं स्थिर नै राखे । आफूले लामो समय व्यतित गरेको काँग्रेस छोडेर उनी मधेशी जनाधिकार फोरममा गए, त्यसपछि फोरम लोकतान्त्रिक बनाए । फेरि काँग्रेसमै पुगे । यसरी निरन्तरजसो पार्टी फेरिरहँदा पनि उनका क्षेत्रका मतदाताले भने मन र मत बदलेनन् । उनैलाई जिताइरहे ।

सधैंका चुनावी विजेता गच्छदारले सातौंपटक उही सफलता दोहोर्याउलान् कि उनको विरासत भत्केला ? मंसिर ४ मा हुने सुनसरी–३ को चुनावी लडाइँले यसको निर्धारण गर्नेछ ।

सुनसरी ३ मा चुनावी माहाेल तातिरहेकै बेला यि दुवैकाे प्रचार शैली भने फरक फरक देखिएकाे छ । भगबती चाैधरी याे पटककाे निर्वाचनमा हरहालत जित अाफ्नाे पक्षमा बनाउन प्रचार शैलीलाइ तिब्र र अाक्रामक बनाउदै लगेकि छिन भने गच्छदार मतदाताहरूलाइ इमाेश्नल बार्गेनिङ गरेर मत अाफ्रनाे पक्षमा पार्ने दाउ रचिरहेका छन । 


काँग्रेस नेता विजय गच्छदार आम मतदातासँग न्यायको माग गरिरहेका छन् । उनले न्याय माग्नुको मुख्य मुद्दा हो ललिता निवास जग्गा घोटाला प्रकरण । उनलाई तत्कालिन केपी ओली नेतृत्वको सरकारले २०७६ साल माघमा ९ करोड ६८ लाख विगोसहित भ्रष्टाचार मुद्दा लगाएको छ ।

यता भगबती चाैधरी भने गच्छदारलाइ लागेकाे मुद्धाकाे फाइदा उठाउदै मतदाताहरू अाफ्नाे पक्षमा तानिरहेकि छिन । गच्छदारले जिताएपनि उनि संसद बन्न नपाउने , जब पदमा पुग्नै नपाएपछि याे क्षेत्रकाे बिकाश कसरी सम्भव छ भन्ने प्रश्न लिएर मतदाताहरूलाइ अाफ्नाे पक्षमा पार्दै अाएकि छिन । 

२०४८ पछिका सबै चुनाव जित्ने रेकर्ड बनाएका गच्छदारले २०४८, ०५१ र ०५६ को निर्वाचन जितेका थिए । २०६४ मा मधेशी जनअधिकार फोरम र २०७० मा मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट विजयी भएका थिए । २०७४ मा कांग्रेसबाट विजयी भएका गच्छदार अहिले पनि उम्मेदवार बनेका छन् । यसपटक पुराना काँग्रेसहरुको असन्तोष गच्छदारकोलागि मुख्य चुनौती बनेकाे छ । 

यो निर्वाचन क्षेत्रमा इटहरी उपमहानगरपालिका ६, ७, ८, ९, १०, ११, १२, १३, १४ र १५ नम्बर वडा गरेर १० वटा वडा पर्छन्। सुनसरी क्षेत्र नम्बर ३ मा गढी गाउँपालिका सबै वडा, दुहबी नगरपालिकाका सबै वडा, बर्जु गाउँपालिकाको सबै वडा र इनरुवा नगरपालिकाको वडा नं.७ पर्छ । पछिल्लो स्थानीय चुनावमा वडाध्यक्षहरुले पाएको मत अनुसार यहाँ एमालेसँग. ३५ हजार ५३ मत छ भने काँग्रेससँग ३३ हजार ५७१ मत छ। जसपा ५ हजार ५१६, माओवादी ३ हजार ८०० , राप्रपा ३ हजार ३३१ र नेकपा एससँग ६२६ मत छ ।

Comments

सम्बन्धित खवर