•  १० मंसिर २०८१, सोमबार
  •  7:32:30 PM

हरेक वडामा सामुदायीक भवन , युवाहरूलाइ आफ्नै शहरमा रोजगार : भगबती चौधरी

- कार्तिक २६, २०७९ मा प्रकाशित



इटहरी । सुनसरी क्षेत्र नं ३ कि प्रतिनिधी सभा सदस्य उम्मेद्वार नेकपा एमाले नेतृ भगबती चौधरीले निर्वाचन जितेपछि आफ्नो क्षेत्रमा रहेका स्थानिय पालीकाहरूको हरेक वडामा सामुदायिक भवन निर्माण गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।

क्षेत्र नं ३ अन्तरगत गढि गाउपालीकामा आयोजित घरदैलो अभियानमा भेला भएका मतदाताहरूमाझ उम्मेद्वार चौधरीले यस्तो प्रतिबद्धता ब्यक्त गर्नुभएको हो ।  उहाले गाउलाइ शहर ,शहरलाइ डिजिटल प्रविधिसंग जोडने काम आफ्नै पालामा गरेर देखाइदिने बताउनुभयो ।हरेक वडामा सामुदायिक भवनको निर्माण गरी सामाजिक कामतर्फ गाउकै युवा युवतीलाइ प्रोत्साहित गर्ने चौधरीको योजना छ । यो संगै आफ्नै क्षेत्रमा रहेका सरकारी वा निजि कार्यालय तथा उद्योग कलकारखानाहरूसंग समन्वय गरी स्थानीय स्तरमै रोजगारीको शिर्जना गर्ने पनि उम्मेद्वार चौधरीको योजना छ ।

उम्मेद्वार चौधरीले आफ्नो क्षेत्रको विकास र समृद्धिकै लागि राजनीतिमा लागेको बताउँदै निर्वाचन जितेपछि ३० वर्षमा हुन नसकेको विकास निर्माणको काम ५ वर्षमा गरेर देखाउने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । चुनाव जितेर सिंहदरबार प्रवेश गर्ने अवसर पाए सुनसरी ३ का सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक समस्याहरु केलाउँदै केन्द्र सरकारमा रहेर जनतासँग प्रत्यक्ष जोडिएका एजेण्डाहरु घनिभूत रुपमा उठाउने नेतृ चौधरीको योजना छ ।

अशिक्षा, गरिबीसँग जुधिरहेका समाज र राज्यका नजरमा नपरेका समुदायको उत्थान, विकासका लागि आफ्नो जीवन समर्पण गर्ने लक्ष्य लिएकी चौधरीले निर्यातमुखी कृषि प्रणाली, युवा स्वरोजगार र प्राविधिक शिक्षालाई प्राथमिकतामा राख्दै आउनुभएको छ । 

Comments

सम्बन्धित खवर