•  १० मंसिर २०८१, सोमबार
  •  7:26:36 PM

माेरङ ३ : डा.सुनिललाइ संविधान सभाका दुवै सभासदको साथ , घरदैलाे अभियान तिब्र

- कार्तिक २४, २०७९ मा प्रकाशित



विराटचोक । मोरङको क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसबाट प्रतिनिधि सभाका लागि उम्मेद्वारी दिएका डा. सुनिल शर्माले पहिलो र दोस्रो दुवै संविधान सभाका सभासद्को साथ पाएका छन् । उनीहरुको साथ पाएपछि सो क्षेत्रमा डा. शर्माको पक्षमा थप मत आउने अनुमान गरिएको छ । 

देशमा गणतन्त्र आएपछि भएको पहिलो संविधान सभाको निर्वाचनमा नेकपा माओवादीका लालबहादुर सुस्लिङ मगर विजयी भएका थिए । त्यस्तै, दोस्रो संविधान सभा निर्वाचनमा नेकपा एमालेबाट चण्डीप्रसाद राई निर्वाचित भएका थिए । उनीहरु दुवै जना अहिले नेपाली कांग्रेसका डा. शर्मासँगै चुनावी घरदैलो र कोणसभा कार्यक्रममा व्यस्त रहेका छन् । 

केपी ओलीको नेतृत्वमा रहेको नेकपा एमालेले संविधान निमोठ्ने काम गरेको हुनाले नेपाली कांग्रेसलाई साथ दिनुपर्ने बाध्यता आएको पूर्व सभासद् राईले बताए । आफूले ८० प्रतिशत र राईले २० प्रतिशत लेखेर पूर्ण गरेको संविधानको हुर्मत लिने काम एमालेको सरकारले गरेको हुनाले एमालेलाई पराजित गराउन कांग्रेसलाई साथ दिनुपर्ने अवस्था आएको पूर्व सभासद् मगरले बताए । 

निवर्तमान सांसद तथा उम्मेद्वार एमालेका भानुभक्त ढकालप्रति मोरङको क्षेत्र नम्बर ३ का मतदाता रुष्ट छन् । तेह्रथुमबाट काठमाडौं बसाइँ सरेका  ढकालले अघिल्लो निर्वाचनमा सो क्षेत्रबाट चुनाव जितेर स्वास्थ्य मन्त्रीसम्म भए । तर, स्वास्थ्यमन्त्री हुँदा बिरामीको स्वास्थ्यमा ध्यान दिनुको साटो कोरोना महामारीको समयमा भएको स्वास्थ्य सामग्री खरीदमा भएको भ्रष्टाचारमा उनी मुछिए । जसका कारण ढकालप्रतिको मतदाताको विश्वास गुम्यो । 

उता, पराजित शर्मा भने कोरोना संक्रमितको घरघरमा पुग्न सफल भए । कोरोनाका साथै अन्य जटिल रोग लागेका विपन्न परिवारका बिरामीको निःशुल्क उपचार गर्नुका साथै राहत सामग्री वितरणमा उनी संलग्न रहे । जसका कारण मतदाता उनीप्रति आकर्षित भएका हुन् । मतदाता यसरी शर्माप्रति आकर्षित भइरहेको समयमा सो क्षेत्रका पूर्व सभासदद्वयले पनि शर्मालाई समर्थन गरेपछि शर्माको जीत निश्चित 

Comments

सम्बन्धित खवर