•  १० मंसिर २०८१, सोमबार
  •  7:03:55 PM

परिवर्तन चाहन्छन सुनसरी ३ का जनता : भन्छन याे पटक भगबतीकाे बिकल्प छैन

- कार्तिक २३, २०७९ मा प्रकाशित



इटहरी । पटक पटक यहि क्षेत्रबाट चुनाव जितेर गएकाले गाउको मुहार फेर्न सकेनन , बिकाशको कुरा त परै जाओस फर्केर जनताको घरदैलोमा समेत आएनन अब आएभने पनि के बिश्वासले मत हाल्ने तपाइ आफै भन्नुस १ यो भनाइ हो सुनसरी बर्जु गगाउपालीकाका स्थानियवासिको ।

बर्जु मात्र हैन सुनसरी ३ का बासिन्दाहरू यो पटक परिवर्तनको पक्षमा उभिएका छन । गढी मात्र हैन सुनसरीको दुहबी नगरपालीकाका धेरै जसो स्थानियहरू पनि यहि भनाइलाइ उदृढ गर्दै यो पटक नयाँ अनुहारलाइ मत दिने पक्षमा देखिएका छन ।गत बैशाखमा सम्पन्न स्थानिय निर्वाचनमा नेपाली कांग्रेसले बहुमत सहित जित हाशिल गरेको नगरापालीका हो दुहबी ।

यहाका स्थानियहरू पनि अहिले परिवर्तनकै पक्षमा उभिएका छन । दुहबीमा बिकाशका आस्वासन बाडने नेताहरू धेरै आए अझ यहि क्षेत्रबाट पटक पटक मन्त्री पनि बने तर गाउ ,शहर र स्थानियको जनजिवन जस्ताको तस्तै भएपछि यो पटकको निर्वाचनबाट दुहबीवासीहरूपनि मत बदल्ने पक्षमा देखिएका छन । अन्य क्षेत्रको तुलनामा सुनसरी क्षेत्र नं ३ बिकाशबाट पिछडिएको क्षेत्र भनेर चिनिन्छ ।

यो क्षेत्रमा अहिले निर्वाचनको माहोल तातिएसंगै भगबती चौधरीको पक्षमा जनलहर उर्लिदो देखिन्छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा नेकपा एमालेकि भगबती चौधरी प्रतिनिधि सभा सदस्यमा उठेकि छिन । चुनावमा होमिएसंगै अहिले उनको पक्षमा जनलहर उर्लिदो छ ।

यो देखेर यस पटक सुनसरी ३ का जनताहरू परिवर्तन संगै नयाँ नेतृत्वलाइ जिताउने पक्षमा देखिएका छन । स्थानिय समस्यालाइ मुख्य एजेण्डा बनाएर चुनावी मैदानमा होमिएकी भगबतीले मतदाताहरूको साथ उत्तीकै पाएकि छिन । सानालाइ अंगालो मार्ने र ज्येस्ठ नागरिकहरूबाट आशिर्वाद प्राप्त गर्दै घरदैलो अभियानलाइ तिब्रता दिइदै आउनुभएकी उम्मेद्वार चौधरीले आफु बिजयी भएर सिंहदरबार प्रवेश गर्ने अवसर पाएमा ३० वर्ष देखि बिकाश नभएको ठाउलाइ ५ वर्ष भित्रै परिवर्तन गरेर देखाइदिने प्रतिवद्धता जाहेर गर्दै आएकि छिन । यो संगै उनले आफुलाइ ऋृणको रूपमा भोट दिन मतदाता समक्ष आग्रह पनि गर्दै आएकि छिन ।

सुनसरी ३ का सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक समस्याहरु केलाउँदै केन्द्र सरकारमा रहेर जनतासँग प्रत्यक्ष जोडिएका एजेण्डाहरु घनिभूत रुपमा उठाउने नेतृ चौधरीको योजना छ । अशिक्षा, गरिबीसँग जुधिरहेका समाज र राज्यका नजरमा नपरेका समुदायको उत्थान, विकासका लागि आफ्नो जीवन समर्पण गर्ने लक्ष्य लिएकी चौधरीले निर्यातमुखी कृषि प्रणाली, युवा स्वरोजगार र प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेर अघि बढेकि छिन ।

ग्रामीण महिला सशक्तिकरण र लघुवित्त अभियानलाई अढाई दशकदेखि उठाउँदै आउनुभएकी नेतृ भगबती चौधरीले युवा स्वरोजगार र प्राविधिक शिक्षालाई पनि महत्व दिँदै आएकी छिन। व्यक्तिगत तवरमा दुहवीमा दिनेश चौधरी स्मृति पोलिटेक्निक इन्स्टिच्युट र दिनेश चौधरी आधारभूत विद्यालय समेत खोलेर शिक्षा क्षेत्रमा योगदान पुर्याउँदै आउनुभएकी चौधरीले गाउँगाउँमा वित्तीय साक्षरता फैलाउँदै लाखौ महिला हरूलाइ आत्मनिर्भर बनाइसकेको उदाहरणहरू प्रसस्तै भेटिने गरेका छन ।

Comments

सम्बन्धित खवर