भगबतीकाे घाेषणा : एक गाँउ एक उद्याेगकाे स्थापना
- कार्तिक २०, २०७९ मा प्रकाशित
इटहरी । एमाले सुनसरी क्षेत्र नम्वर ३ की उम्मेदवार भगवती चौधरीले एक गाँउ एक उद्योग स्थापना गरिने बताउनुभएको छ । सुनसरी क्षेत्र नम्वर ३ का प्रत्येक एक गाँउमा एक उद्योग स्थापना गरेर बेरोजगारको समस्या हल गर्न सकिने उहाँको भनाई छ ।
चौधरीले भन्नुभयो “हामीले लगाउने लुगाको टाँक समेत बिदेश बाट ल्याउनुपर्ने अवस्था छ,लुगा कपडा,ज्याकेट लगायत बिदेश बाट ल्याइन्छ,हामी हाम्रै गाँउमा किन उत्पादन नगर्ने ?”। एक गाँउ एक उद्योग स्थापना गर्दा मजदुर,सर्वसाधारण महिला,युवा र पढेलेखेका जनशक्तिले समेत रोजगार बन्न सक्ने उहाँको भनाई छ ।
भिजनरी नेतृका रुपमा परिचित चौधरीले फरवार्ड माइक्रोफाइनान्स मार्फत देशभरका तीन लाख महिलालाई स्वरोजगार बनाईसक्नुभएको छ । उम्मेद्वार चाैधरीले आफ्नो क्षेत्रको विकास र समृद्धिकै लागि राजनीतिमा लागेको बताउँदै निर्वाचन जितेपछि ३० वर्षमा हुन नसकेको विकास निर्माणको काम ५ वर्षमा गरेर देखाउने प्रतिबद्धता ब्यक्त गर्नुभएकाे छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments