•  १० मंसिर २०८१, सोमबार
  •  9:32:59 PM

सुनसरी ३ : गाउ देखि शहर सम्म भगबतीकाे चर्चा : स्थानीय समस्या नै मुख्य एजेण्डा

- कार्तिक १७, २०७९ मा प्रकाशित



सुनसरी १७ कार्तिक । सुनसरी क्षेत्र नं ३ मा नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्य तर्फ उम्मेद्वार बनेकि भगबती चाैधरी याे पटककाे निर्वाचनबाट सिंहदरबार छिर्ने यात्रा तय गरेकि छिन । 

चुनाबी सरगर्मी बढेसँगै आन्तरिक रुपमा नेता कार्यकर्ताहरु विच छलफल र स्थानीय समस्या केलाउदै घरदैलाै अभियानलाइ तिब्र बनाएकि नेकपा एमालेकि नेतृ सुनसरी क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्य उम्मेद्वार  भगबती चाैधरी स्थानीय मुद्धाहरूलाइ प्रमुख एजेण्डा बनाउदै अघि बढेकि छिन । 

उम्मेद्वार चाैधरीले आफ्नो क्षेत्रको विकास र समृद्धिकै लागि राजनीतिमा लागेको बताउँदै निर्वाचन जितेपछि ३० वर्षमा हुन नसकेको विकास निर्माणको काम ५ वर्षमा गरेर देखाउने प्रतिबद्धता ब्यक्त गरेकी छिन् । 

गाउमै युवाहरूलाइ राेजगार प्रदान गर्ने देखि प्राविधिक शिक्षालाइ जाेड दिने र बिपन्न वर्गलाइ सम्पन्नता बनाउने बिभिन्न याेजनाहरू सहित घरदैलाे अभियानमा सरिक चाैधरीकाे सुनसरी ३ मा चर्चा चुलिदाे छ । 

मतदाताहरू पनि भगबतीकाे उम्मेद्वारी प्रति उत्साहित देखिनुका साथै उनलाइ हरहालमा जिताउन चुनावि अभियानमा सरिक भइरहेका छन । 

चुनाव जितेर सिंहदरबार प्रवेश गर्ने अवसर पाए सुनसरी ३ का सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक समस्याहरु केलाउँदै केन्द्र सरकारमा रहेर जनतासँग प्रत्यक्ष जोडिएका एजेण्डाहरु घनिभूत रुपमा उठाउने नेतृ चौधरीको योजना छ । अशिक्षा, गरिबीसँग जुधिरहेका समाज र राज्यका नजरमा नपरेका समुदायको उत्थान, विकासका लागि आफ्नो जीवन समर्पण गर्ने लक्ष्य लिएकी चौधरीले निर्यातमुखी कृषि प्रणाली, युवा स्वरोजगार र प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेकी छिन् ।

 ‘यहाँका ९० प्रतिशत जनता कृषिमा आधारित रहेपनि उनीहरुले जिविकोपार्जनका लागि मात्र कृषि कर्मलाइ राेज्ने गरेका छन । शिक्षा र आर्थिक सशक्तिकरण विकासको मुख्य आधार ठानेकी चौधरीले आफ्नो क्षेत्रका जनतालाई गरिबी र विपन्नताबाट माथि उठाउने लक्ष्य लिएकी छिन् ।

Comments

सम्बन्धित खवर