इटहरीकाे बगैंचा टोल विकास संस्थाको १८ औ साधारण सभा : रत्न कार्कीकाे अध्यक्षतामा नया समिती चयन
- आश्विन १०, २०७९ मा प्रकाशित
इटहरी । सुनसरीको इटहरी ४ स्थित बगैचा टोल बिकाश संस्थाले गत शनिबार आफ्नो १८ औ वार्षिक साधारण सभा भब्यताका साथ सम्पन्न गरेको छ ।साधारण सभाले संस्थामा रत्नबहादुर कार्कीको अध्यक्षतामा नयाँ कार्य समिती पनि चयन गरेको छ ।
बिभिन्न सामाजिक कामहरूमा सकृिय संस्थाको रूपमा परिचित बगैचा टोल बिकाश संस्थाले कार्कीको नेतृत्वमा नयाँ समिति चयन गरेको हो । समितीको उपाध्यक्षमा उपाध्यक्ष कुसुम माया तमांग , सचिव पूर्ण बहादुर बस्नेत कोषाध्यक्ष लक्ष्मी पोखरेल, सह(सचिव सबिता राई, सदस्य अनिमेश कार्की, सदस्य दुर्गा माया तमांग लगायत अन्य रहेका छन ।
कार्यक्रममा टोलको भवनकोलागी १० धुर जग्गा निशुल्क प्रदान गर्ने जग्गा दाता हरी न्यौपाने र भवन निर्माण कार्यमा सहयोग गर्ने युवा नेता मदन चुडाललाई सम्मान गरीएको थियो । त्यस्तै संस्थाको साधारण सभामा उपस्थित १८ जना ज्येस्ठ नागरिकहरूलाइ ढाका टोपि , लौरो र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी एक नं प्रदेशकि उप सभामुख सरस्वती पोख्रेल , बिशिस्ट अतिथी प्रदेश सांसद सर्वध्वोज साँवा , इटहरी खानेपानीका अध्यक्ष राम प्रशाद चौलागाइले संस्थाले गरेको सामाजिक कामहरूको बारेमा खुलेरै प्रसंशा गरेका थिए ।
कार्यक्रममा वडा (४ पूर्व सदस्य डिक बहादुर राई ४ नम्बर वडा सदस्य बिशेस्वर पोखरेल लगायत छिमेकि टोल विकास संस्थाको अध्यक्ष तथा प्रतिनिधि बगैंचा टोलका पूर्व अध्यक्ष तथा पदाधिकारी र पत्रकारहरूको पनि उपस्थिती रहेको थियो ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
-
ताजा मंसिर १०, २०८१कञ्चनपुरकाे लालझाडीमा जङ्गली हात्तीको आतंक
Comments