कटारी नगरपालिकाका लेखा अधिकृत ढकालकाे कर्तुत : दुई वर्षमा साढे ७ करोड भ्रष्टाचार, ९ वर्ष कैद सजाय
- भाद्र २३, २०७९ मा प्रकाशित
उदयपुर । विशेष अदालतले उदयपुरको कटारी नगरपालिकाका लेखा अधिकृत रविनचन्द्र ढकाललाई ९ वर्ष कैद सजाय गर्ने फैसला गरेको छ । तीन फरक भ्रष्टाचार मुद्दामा विशेष अदालतले उनलाई एकसाथ सजाय तोकेको हो ।
उनीमाथि सरकारी रकम हिनामिना गरी आफ्नो खातामा रकम जम्मा गरेको आरोप थियो ।उनीमाथि उदयपुरको कटारी, इलामको माई र सोलुखुम्बु जिल्ला अस्पतालमा कार्यरत रहदा भ्रष्टाचार गरेको आरोप थियो ।
कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) बाट ६३ करोड ५८ लाख रुपैयाँ निकासा भएको थियो, तर नगरपालिकाको खातामा ६२ करोड ५२ लाख मात्र जम्मा भएको भेटिएपछि उनि बिरूद्ध छानबिन शुरू भएकाे थियाे ।
छानबिनका क्रममा लेखा अधिकृत ढकालले कटारी नगरपालिकामा झण्डै ४ करोड रुपैयाँ हिनामिना गरेर आफ्नो र नातेदारका नाममा सारेको खुलेपछि उनले लाखाै रकम भ्रस्ट्रचार गरेकाे रहस्य बाहिरिएकाे थियाे ।
अख्तियारले दायर गरेको मुद्दामाथि फैसला सुनाउँदै विशेष अदालतले उनलाई ९ वर्ष कैद सजाय सुनाएको छ । विशेष अदालतले ९ भदौमा उनलाई दोषी ठहर गरेकोमा बुधबार अधिकतम ९ वर्ष कैद सजाय तोकेको हो ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments