•  १० मंसिर २०८१, सोमबार
  •  2:04:24 PM

इटहरी सरकारकाे अर्काे निर्णय : शैक्षिक क्षेत्र , अस्पताल र बसपार्ककाे १०० मिटर भित्र सुर्ति र मदिरा निषेध 

- भाद्र २२, २०७९ मा प्रकाशित



इटहरी । इटहरी उपमहानगरले बिद्यालय , अस्पताल , सार्वजनिक स्थान , वसपार्कको १०० मिटर आसपासका क्षेत्रमा सुर्तिजन्य पदार्थ र मदिरा बिक्रिबितरणमा निषेध गरेको छ । बुधबार बसेको १२२ औ कार्यपालिकाको बैठकले उपमहानगरमा सञ्चालित बिद्यालय , अस्पताल , वसपार्क तथा सार्वजनिक स्थलदेखि १०० मिटरको दुरीभित्र कुनै पनि सुर्तिजन्य र मदिराजन्य बस्तुको बिक्री बितरण गर्न नपाउने नियम लागु गरेको हो ।

बैठकमा मेयर हेमकर्ण पौडेलले शैक्षिक क्षेत्र लगायत अस्पताल र साृवजनिक स्थानमा सुर्ति र मदिरा सेवन गर्न नपाउने प्रस्ताव पेश गरेपछि कार्यपालिका सदस्यहरूले पास गरेपछि यो नियम लागु हुने भएको हो । अब इटहरी उपमहानगरको शैक्षिक क्षेत्र , अस्पताल र सार्वजनिक स्थानमा सुर्तिजन्य पदार्थ सेवन गर्न नपाइने भएको छ भने बिक्री बितरणमा पनि निषेध लगाएको छ ।

अस्पताल तथा शैक्षिक क्षेत्रको १०० मिटर आसपास सुर्तिजन्य र मदिरा जजन्य पदार्थ बिक्रि बितरण गर्न नपाइने संघिय कानुनमै उल्लेख भएपनि त्यस्को कार्यानवयन अहिले सम्म भएको छैन । उपमहानगरले संघिय कानुनलाइ स्थानिय स्तरबाट पालना गराउनुपर्ने दायित्व स्वोरूप नियम पालना गराउन लागिएको हो ।

‘जसले मदिराको लाइसेन्स लिएको छ, त्यसले मात्रै मदिरा बेच्न पाउँछन् । खानेलाई र बेच्नेलाई पनि कारबाही गरिनेछ ।’ प्रस्ताव पास गर्दै गर्दा मेयर पौडेलले भने ।  सुर्तिजन्य पदार्थमा गुट्खालाई समेत समेट्ने र बेच्नेलाई कडाभन्दा कडा कारबाही गर्न कार्यपालिका सदस्यहरुले माग गरेका थिए ।

Comments

सम्बन्धित खवर