संघर्षले चिनिएकि इटहरीकि राधिका : त्याे १६०० काे लक्की मेसिन , जसले बेलायत सम्म पुर्यायाे , सफल व्यवसायी हुदै राेजगार दाता बनायाे
- भाद्र २२, २०७९ मा प्रकाशित
इटहरी । भनिन्छ जिन्दगीमा दुख नगरी शुख आउदैन त्यो संगै संघर्ष नगरी परिचय बन्दैन यो भनाइलाइ व्यवहारिक रूपमा उतार्न सफल हुनुभएको छ इटहरीकि राधिका कार्की थापा ।हातमा सिप भएर पनि रोजगारी नपाउदा भौतारिएर बिदेशिने युवा पुस्ताकालागि गतिलो उदाहरण हुनुहुन्छ राधिका । बाल्यकालमा भोगेको दुख , युवावस्थामा आइपरेको पारिवारिक बोझ , र काधमा जिम्मेवारले भरिएको भारी तैपनि कहिले हरेस नखाएका ति अठोट बिच उदाहरण हुनुहुन्छ राधिका ।बाल्यकाल देखि नै गरेको दुख र संघर्षके कारण अहिले उहाको जिवन फेरिएको छ ।एक दर्जन बढि सामाजिक संघसंस्थामा कृयाशिल रहनुभएकि राधिका अहिले सफल व्यवसायी संगै पहिचान पनि बेग्लै छ ।
हिजोको दिनमा रोजगारी नपाएर इटहरीको सडकमा भौतारीनुभएकी राधिका आज आफै १० हजार भन्दा बढी युवा युवतीलाइ उपयुक्त शिप सिकाएर रोजगार समेत दिलाइसक्नुभएको छ । बाल्य अवस्था देखि अहिलेको अवस्था सम्म आइपुग्न उहालाइ त्यति सजिलो भने थिएन उहाले भोग्नुपरेको कस्ट र समस्यालाइ पन्छाउदै प्राप्त गर्नुभएको सफलताको कथा यस्तो छ । बि.स.२०३० सालमा झापाको गौरीगाउमा माता लीला माया कार्की र पिता रूद्रबहादुर कार्कीको कोखबाट जन्मनुभएकी राधिका परिवारकि साइली छोरी हुनुहुन्छ । आमा बुवा साथै दिदीहरु कामकाज मेलापात गर्दा आफू मूनिको बहिनीहरूको हेर चाह र घर धन्दा तथा खेतिवारी गर्दै बाल्यकाल बिताउनुभएकि राधिकाको किशोर अवस्था पनि त्यतिकै दुख र संघर्षले नै बित्यो ।
बाबा रूद्रबहादुर कार्कीको शारिरिक अवस्था बिग्रदै गएपछि परिवारको जिम्मेवारी पनि थपिएपछि राधिकाले अध्यन पनि राम्रो गर्न पाइनन । स्थानीय गाउमा रहेको बिद्यालयबाट ं२ सम्मको अध्यन पछि पढाइलाइ बिट मार्दे रोजगारीको खोजिमा निस्कनुभयो । झापाको दुर्गम ठाउ गौरी गाउबाट सपरिवार नै २०५२ सालमा मोरङको सलकपुर झरेको कार्कि परिवार मध्येकि साइली छोरी राधिका २०५३ सालमा इटहरी आउनुभएको थियो । हातमा सिप छदैछ भनेर सुगम शहर इटहरीलाइ रोजेर कर्मथलो बनाउदा सुरू सुरूमा उहालाइ निकै कठिनाइ परेको थियो ।
शिप मात्र नभइ गोजीमा पैसा पनि हुनुपर्ने रहेछ भन्ने आभाष उहाले इटहरी शहरबाट सिकेको पहिलो पाठ थियो । मोरङको सुन्दरहरैचास्थित सलकपुरमा स परिवार छोडेर एक्लै संघर्ष गर्न उहा इटहरी बसाइ थाल्नुभएको थियो रोजे जस्तो सुगम शहर भएपनि यहाको बातावरणमा घुलमुलीन उहालाइ निकै मुस्किल परेको थियो । शहर त आइयो तर बिहान बेलुका हातमुख जोडनै धाउधाउ हुन थाल्यो । हातमा सिप भएर पनि कुनै जागिर नपाउनु राधिकाको लागि अर्को तनाव थियो । घरको पारिवारिक अवस्था बारे सोचेर राधिकाले यहि शहरबाटै पहिलो संघर्ष थाल्नुभयो ।
आमाले लगाएको तिलहरी बेचेर रू १६०० मा एक सिलाइ मेसिन जोडदै इटहरीको सटर भाडामा लिइ व्यवसाय सुरू गर्नुभयो । व्यवसायकै दौरानमा उहाले इटहरीका व्यवसायी रमेस थापा संग प्रेम बिवाह गर्नुभयो । बिवाह पश्चात पनि व्यवसायलाइ निरन्तरता दिदै जादा एक वर्ष भित्रै सफलता पाउनुभयो । एउटा मेसिन लिएर सुरू गरेको सिलाइ बुनाइको काम अब ३ वटा हुन पुग्यो यो क्रम संख्या प्रत्येक वर्ष बढदै जान थाल्यो र २० वटा सम्म पुग्यो । बिवाह पश्चात श्रीमान र आफ्नो माइती पक्षका बाबा आमाले दिनुभएको साथ सलाह र सुझावले व्यवसायबाट राम्रो उपलब्धी हात पारेको राधिका सुनाउनुहुन्छ । त्यो बेला बाबा रूद्रबहादुरले भन्नुभएको उपदेश कानमा गुन्जि रहन्छ राधिका भन्नुहुन्छ बाबा भन्नुहुन्थ्यो कि जिवनमा जस्तो सुकै परिस्थिती आएपनि कहिल्यै हिम्मत नहार्नु ।
व्यवसाय सुरू गर्दा सुरूमा नचलेको देख्दा मन बिरक्तिन्थीयो र बिदेश जाने मन हुन्थ्यो यस्तो बेला बाबाको उपदेश काम लाग्थ्यो उहा भन्नुहुन्छ । बाबा रूद्र बहादुर कार्की शारिरिक रूपमा कमजोर भएपनि दिमागी अवस्था तेज भएको कारण छोरी राधिकालाइ बेला बेलामा बिभिन्न हौशला प्रदान गरिरहनुहुन्थ्यो । बाबाको यस्तै हौशलाकै कारण आफुले हिम्मत नहारेको थप उर्जा आएको र काममा निरन्तर लागेको राधिका सुनाउनुहुन्छ । बिस्तारै उनको जिवन बदलिदै गयो र सामान्य राधिकाबाट अहिले सफल व्यवसायी हुदै इटहरी मात्र नभइ अन्तराष्ट्रिय स्तरमा पनि चिनिन सफल हुनुभएको छ । करिब एक दर्जन सामाजिक संघ संस्थाहरूमा कृयाशिल राधिका समाज सेवा संगै राजनीतिमा पनि त्यतिकै सकृिय हुनुहुन्छ । नेपाली कांग्रेस सुनसरी जिल्लाकी सकृिय सदस्य समेत रहनुभएकि राधिका स्थानिय निर्वाचन २०७९ मा पनि इटहरी उपमहानगरमा पार्टिका उम्मेद्वारलाइ जिताउन महत्वपुर्ण भुमिका निर्वाह गर्नुभएको थियो ।
आफु व्यवसायकै माध्यमबाट सफल भइसकेपछि समाजबाट पिछाडीएका तथा बिपन्न महिलाहरूलाइ अब्बल बनाउन राधिकाले २०६७ सालमा महिला शिप बिकाश केन्द्रको स्थापना गर्नुभयो । हातमा सिप भएर रोजगारी नपाएकाहरूलाइ रोजगारी दिने र शिप नभएकाहरूलाइ शिप दिलाएर रोजगारी प्रदान गर्ने नेपालकै शिर्जनशिल महिला मध्ये राधिका पनि पर्नुहुन्छ । त्यो बेला हातमा शिप भएर पनि केहि गर्ने लगानी गरिदिने मान्छे नहुदा तनावमा बसेको दिन स्मरण गर्दे राधिका भन्नुहुन्छ अब लगानी नभएर कोहि भौतारिनु परेको छैन । २०६७ सालमा स्थापना भएको महिला शिप बिकाश केन्द्र १२ औ वर्षमा प्रवेश गरिरहदा करीब १० हजार महिला तथा पुरूषहरूले रोजगार पाइसकेको उहाको भनाइ छ । यहिबाट शिप सिकेर कोहि मन्त्रालयका कर्मचारी त कोहि स्थानिय तहमा जागिर खाइरहेको र कोहि सफल व्यवसाय बनिसकेको राधिका बताउनुहुन्छ ।
रोजगार नपाएर भौतारिएका हजारौ किशोर किशोरीहरलाइ शिप दिलाएर रोजगार प्रदान गर्ने जस्तो उत्कृस्ट काम गरेवापत राधिकालाइ अन्तराष्ट्रिय अवार्डबाट पनि सम्मान गरिएको छ । यतिमात्र नभइ उनले जिवनमा गरेको संघर्षका कथाहरू अहिले बेलायतका प्रशिद्ध अखबारहरूमा छापिएका छन ।बेलायतको प्रशिद्ध लिभरपुल जोन मुरे युनिभर्सिटीले तयार पारेको नेपालका २५ जना उर्जाशिल र संघर्षशिल महिलाहरूको सुचिमा राधिका पनि पर्नुहुन्छ ।उक्त युनिभर्सिटीले राधिकाको संघर्ष र पाउको सफलताबारे वर्णन गर्दै पुस्तकमा उतारेको छ ।
यस्तै समाजसेवामा सकृिय भुमिका निर्वाह गरेवापत उनलाइ दर्जन बढी बिभिन्न बिधाका अवार्डहरूले पनि सम्मान गरिएको छ । महिलाहरूलाइ रोजगार दिलाउने मात्र हैन राधिकाले पहिलो पटक घर छोडेर बाहिर बस्दा भोग्नुपरेको पिडा र समस्यालाइ मध्यनजर गर्दे सडकमा भैौतारिएर कस्टकर जिवन बिताइरहेकाहरलाइ पनि उद्धार गर्ने सोच बनाउदै उनिहरूको पुनरूत्थानका लागि माया घर नेपालको परिकल्पना समेत गर्नुभयो । जसको परिकल्पना अनुसार नै अहिले इटहरीको हवाइचौकमा माया घर नेपाल स्थापना भइ सडकमा कस्टकर जिवन बिताइ रहेकाहरूलाइ उद्धार गर्दै आइरहेको छ । जिवनमा धेरै कुराहरू प्राप्त भए धेरै कुराहरू गुमाइए तर समग्रमा भन्नुपर्दा राधिकालाइ इटहरीबाट बेलायत सम्म पुर्याउन त्यो रू १६०० को सिलाइ मेसिन नै लक्की बनेको बताउनुहुन्छ । इटहरी ४ स्थायी बसोबास भएकि राधिकाको हाल एक श्रीमान २ छोरी र १ छोरा हुनुहुन्छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments