•  १० मंसिर २०८१, सोमबार
  •  1:06:01 AM

काठमाडौँ-४ बाट गगन थापा सर्वसम्मत सिफारिस

- भाद्र १८, २०७९ मा प्रकाशित



काठमाडाै ।  आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौँ क्षेत्र नम्बर ४ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् ।शुक्रबार साझ बसेको क्षेत्रीय समिति बैठकले गगन थापाको एकल नाम प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरेको हो ।

यसअघि कास्कीको क्षेत्र नम्बर १ मा पनि महामन्त्री थापाले उम्मेदवारी दिने चर्चा थियो । तर, थापाले आफू काठमाडौँ ४ बाटै उम्मेदवारी दिने तयारी गरेको बताएका छन् ।२०७४ सालको निर्वाचनमा पनि थापा यसै निर्वाचनबाट वाम गठबन्धनका उम्मेदवार एमालेका डा. राजन भट्टराईलाई पराजित गरि प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

Comments

सम्बन्धित खवर