गठबन्धनमा भागबण्डाको सकस : सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै
- भाद्र १०, २०७९ मा प्रकाशित
काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज (शुक्रबार) पनि बस्ने भएको छ ।पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले दिएको निर्देशन अनुसार आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्न लागेको हो ।
प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रको अवस्थाका बारेमा विस्तृत अध्ययन गरेर प्रतिवेदन पेश गर्न कार्यदललाई निर्देशन दिएअनुसार कार्यदलमा छलफल निरन्तर चलिरहेको छ ।
बिहीबार बसेको कार्यदलको बैठकमा नेपाली कांग्रेसले एक सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एसले ४०, जनता समाजवादी पार्टीले ३२, राष्ट्रिय जनमोर्चा पार्टीले ३ सिटको दावी पेश गरेका छन् ।
सिट बाँडफाँट टुंगोमा पुग्नका लागि कार्यदलको बैठक झण्डै एक महिनादेखि चलिरहेको भए पनि निष्कर्षमा भने पुग्न सकेको छैन । कार्यदलको बैठकले विस्तुत अध्ययन प्रतिवेदन बुझाएपछि गठबन्धनका शिर्ष नेताले अन्तिम निर्णय लिनेछन् । चुनावी तालमेल गरेर जाने निणर्य गरेका पाँच दलको आ-आफ्नै दावीका कारण सिट फाँडफाँटको विषय पेचिलो बन्दै गएको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments