झापाका एक युवाले दुर्लभ सुन गाेहाेराे मारेकाे तस्विर फेशबुकमा राखेपछि…
- भाद्र २, २०७९ मा प्रकाशित
झापा । झापाका एक युवकले संकटापन्न प्रजातिमा सूचीकृत सुन गोहोरो मारेर समाजिक सञ्जाल फेसबुकमा तस्वीर पोस्ट गरेका छन् ।झापाका मनोज चिमरियाले रक्ताम्मे सुन गोहोरलाई समातेको एउटा र सुन गोहोरोको मात्र दुईवटा गरी ३ वटा तस्वीर पोस्ट गर्दै लेखेका छन्, ‘हल्का शिकार गरियो सुन गोहोरो ।’
सुन गोहोरो साईटीस महासन्धि १९७५ तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को अनुसूची १ मा संरक्षित सूचीमा छ।नेपालसहित बंगलादेश, भारत, पाकिस्तान र भुटानमा मात्रै पाइने सुन गोहोरोलाई इन्टरनेशनल युनियन फर कन्जरभेसन अफ नेचर आईयूसीएनले संकटापन्न प्रजातिको रातो सूचीमा राखेको छ ।
सुन गोहोरोको चोरी शिकार गर्नेलाई १ वर्षदेखि १० वर्षसम्म कैद र ४० हजारदेखि ७५ हजार रुपियाँसम्म जरिबाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments