काकडभिट्टा देखि इटहरी हुदै लाैकही सम्मकाे ४ लेन सडक : राजमार्ग छेउमा बनेका तीन सय ७७ घरहरू भत्काइदै
- श्रावण २३, २०७९ मा प्रकाशित
इटहरी । झापाको काँकडभित्तादेखि सुनसरीको लौकहीसम्मको काँकडभिट्टा–लौकही एक सय २० किलोमिटर सडकअन्तर्गत तीन सय ७७ संरचना हटाइने भएको छ ।यो सडकखण्ड दुई लेनबाट चार लेनमा स्तरोन्नति गर्न लागिएको हो ।
जसका लागि सडकखण्डमा पर्ने साना ठूला संरचना हटाइने झापाको बिर्तामोडमा आइतबार आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सामाजिक तथा पुर्नवास विशेषज्ञ रविन ढकालले जानकारी दिए । उनले सो सडकखण्डको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनबारे संक्षिप्त जानकारी पनि दिएका थिए ।
बिर्तामोड नगरपालिकासँग जोडिएको सडकअन्तर्गत दुर्गा मन्दिर, जिल्ला ट्राफिक प्रहरी कार्यालयको पुरानो भवनलगायत सात संरचना छन् । एसियाली विकास बैङ्कले स्तरोन्नति गर्न लागेको यो सडकको लागत करिब २८ अर्ब १७ करोड रूपैयाँ रहेको छ । निर्माण कार्य तीन वर्षभित्रमा सम्पन्न हुनेछ ।
यो सडकको कूल एक सय २० किलोमिटरमध्ये झापामा ५४ दशमलव नौ किलोमिटर पर्छ । झापा, मोरङ र सुनसरी जिल्लालाई छुने यस सडकको आगामी पुससम्ममा ठेक्का खुल्ने र आगामी वर्षको सुरुआतदेखि नै निर्माणको काम सुरू हुने आयोजनाका वातावरणविज्ञ राजेन श्रेष्ठले जानकारी दिए ।
सहरी क्षेत्रमा साइकल लेन, फुटपाथ, ड्रेनसहित निर्माण हुने यस सडकको पहिलो चरणको काम काँकडभिट्टादेखि इटहरीसम्म सुरु हुनेछ । तीन सय मिटरभन्दा लामो पुल रहेको छ स्थानमा सिग्नेचर पुल निर्माण हुनेछन् ।
तीन प्रकारको डिजाइन गरिएको सडक ग्रामीण र जङ्गल भएको क्षेत्रमा २४ मिटर, अर्धसहरी क्षेत्रमा ३३ मिटर र सहरी क्षेत्र तथा मुख्यबजार क्षेत्रमा ५० मिटर चौडाइको हुनेछ । आयोजनाले काँकडभिट्टा, इट्टभट्टा, चारआली, बिर्तामोड, दमक, झुम्का, विराटचोक, इटहरीलगायतका नौ वटा घनाबस्ती भएको स्थानमा आकाशे पुल र अन्डर पास निर्माण गरिने जनाइएको छ ।
यस आयोजनाबाट १२ वटा नगरपालिका, चारवटा गाउँपालिका र एउटा उपमहानगरपालिकाका ८२ वडा प्रभावित हुने जनाइएको छ । बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईंको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रमा सहभागीले खानेपानी, विद्युत्, टेलिफोन, ढल निकासलगायतका बारेमा जिज्ञासा राखेका थिए ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments