•  १० मंसिर २०८१, सोमबार
  •  10:08:42 AM

इटहरीमा कोठा भाडा लिएर ब्राउन सुगरको कारोबार : श्रीमान श्रीमती सहित ४ जना पक्राउ 

- श्रावण २२, २०७९ मा प्रकाशित



इटहरी । सुनसरीको इटहरीबाट प्रहरीले अवैध लागुऔषध ब्राउन सुगरको कारोबारमा संलग्न श्रीमान श्रीमती सहित ४ जनालाइ पक्राउ गरेको छ । इटहरी उपमहानगर ६ आइतबारे स्थित भाटे खाजा घरबाट ब्राउन सुगर सहित २ जनालाइ र इटहरी ५ बाट २ जनालाइ पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा इटहरी ४ का २८ वर्षीय सुशान्त घिमिरे र सोहि वडाकि २७ वर्षिय सृजना ओझा रहेका छन ।त्यस्तै इटहरी ५ डेरा गरी बस्ने ३४ वर्षिय विर्त सिंह राई र उनका श्रीमती ३५ वर्षीया पवित्रा राई रहेका छन । 


बिशेष सुराकिको आधारमा इलाका प्रहरी कार्यालय इटहरीले शृजना र सुशान्तलाइ उक्त होटलबाट नियन्त्रणमा लिइएको हो भने बृत सिंह र पवित्रालाइ भने इटहरी ५ बाट नियन्त्रणमा लिइएको हो । प्रहरीले सृजना ओझाले बोकेको झोलाबाट ब्राउन सुगर जस्तो देखिने सेतो धुलो १ ग्राम १५० मिली ग्राम,  नगद रु २००० र मोवाईल १ थान बरामद गरेको छ । 


त्यस्तै पक्राउ परेका सुशान्त घिमिरेको साथबाट नगद रु ५०००  र मोवायल १ थान  बरामद भएको प्रहरीले जनाएको छ । उनिहरूलाइ नियन्त्रणमा लिएर सोधपुछ गर्दा  इटहरी उपमहानगर ५ स्थित डेरा गरी बस्ने ३४ वर्षिय विर्त सिंह राई र उनका श्रीमती ३५ वर्षीया पवित्रा राईबाट खरिद गरेको बताएपछि प्रहरीले तत्काल उनिहरूको खोजीकार्यलाइ तिब्रता दिइएको थियो । 


खोजी गर्ने क्रममा इटहरी ५ बाट बिर्त सिहलाइ पक्राउ गरी चेकजाच गर्दा उनको साथबाट प्रहरीले ब्राउन सुगर जस्तो देखिने ६ ग्राम ७६० मिली ग्रामको सेतो धुलो वरामद गरेको थियो । प्रहरीलाइ थप शंका लागि निजको कोठामा पुगेर खोज तलाश गर्दा श्रीमान श्रीमतीनै लागुऔषध कारोबार रहेको रहस्य खुलेको छ । प्रहरीले कोठामा खोजतलाश गर्ने क्रममा करुवा भित्र लुकाई राखेको अवस्थामा तौल ३३ ग्राम ९० मिलीग्राम भएको लागु औषध जस्तो देखिने सेतो धुलोबरामद गरेको छ ।


  साथै प्रहरीले उनिहरूको कोठाबाट लागु औषध जोखेर बिक्रि बितरण गर्न प्रयोग गर्ने पकेट तौल डिजिटल तराजु थान(१ , मोवायल थान(१ र नगद रु २७,३००।(९सत्ताईस हजार तिन सय० वरामद गरेको जनाएको छ । पक्राउ चारैजनालाइ जिल्ला अदालत सुनसरीबाट १० दिनको म्याद थप गराइ आवस्यकीय अनुशन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपि खगेन्द्र खडकाले बताए । 

Comments

सम्बन्धित खवर