सप्तकोशीमा फेरी बढन थाल्याे पानीको बहाव : तटीय क्षेत्रमा जाेखिम कायमै
- श्रावण २१, २०७९ मा प्रकाशित
इटहरी । सप्तकोशी नदीमा पानीको बहाव फेरि बढेको छ । जल तथा मौसम विज्ञान विभागले जलाहार क्षेत्रमा लगातारको वर्षाका कारण सप्तकोशी र सहायक नदीहरुमा पनि पानीको बहाव बढेको जनाएको छ ।
विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएको छ । त्यस्तै तमोर, सुनकोसी र अरुणमा पनि पानीको बहाव बढ्दै गएको विभागले जनाएको छ ।
चतरामा जलस्तरको अलर्ट नजिकै पुग्न सक्ने महाशाखाले जानकारी दिएको छ । त्यस्तै उदयपुरतर्फ थप कटान हुन सक्ने जानकारी दिँदै महाशाखाले उदयपुर, सुनसरी र सप्तरीका तटीय क्षेत्रका बासिन्दालाई बेलुकासम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments