•  १० मंसिर २०८१, सोमबार
  •  9:05:25 PM

इटहरीमा खेलकुद महासंघकाे शुभकामना कार्यक्रम : प्रदेश एकमा खेलकुद बिकासका कार्यक्रम ल्याइने

- श्रावण २०, २०७९ मा प्रकाशित



इटहरी । नेपाल खेलकुद महासंघ समाजवादी प्रदेश १ कमिटिको विस्तारीत बैठक तथा सुभकामना कार्यक्रमको आयोजना गरीएको छ ।

 सम्पुर्ण अग्रगामी खेलकर्मीहरु एक जुट हौँ,समृद्ध खेलकुद सहितको समाजवाद स्थापना गरौँ भन्ने मुल नारालाइ आत्मसाथ गर्दै शुक्रवार इटहरीमा कार्यक्रमको आयोजना गरीएको हो । कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परीषद पुर्व सदस्य सचिव एवम् नेपाल खेलकुद महासंघ केन्द्रीय अध्यक्ष केशब कुमार बिष्टले नजिकीदै गरेको ९ औँ राष्ट्रिय खेलकुदमा कसरी प्रदेशले बढीभन्दा बढी मेडल जीत्न सक्छ भन्नेबारे सोच्न र सकेसम्म संगठनमा बसेर खेलकुदको बिकासकालागी अगााडी बढ्न उपस्थीतीलाइ आग्रह गरे ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेकपा एकीकृत समाजवादी प्रदेश इन्चार्ज घनेन्द्र बस्नेतले खेलकुदले मानिस सारिरीक तथा मानसिक विकासे र समाजको सर्वाङगीण बिकासमा टेवा पुर्याउने बताए ।

यस्तै राष्ट्रकलागी योगदान गरेका पुर्व खेलाडीहरुको समन्वयमा विद्यालयस्तरबाट खेलकुदलाई अगाडी बढाउने योजना रहेको कार्यक्रमका सभापती नेपाल खेलकुद महासंघ समाजवादी प्रदेश १ का अध्यक्ष शंकर थापाले जानकारी दिए ।

कार्यक्रमका बिच शैलेश बिष्ट,सन्दीप राइ लगायत खेलकुद समितिका १२ जना नयाँ पदाधीकारीहरुलाइ प्रमुख अतिथी माफर्त सुभकामना पत्र हस्तान्तरण गराइएको थियो ।

कार्यक्रममा प्रदेश १ का सामाजिक बिकास मन्त्री राजन राइ,पार्टी पोलीटव्युरो सदस्य तथा १ नम्बर प्रदेश अध्यक्ष बलदेव चौधरी,सुनसरी जिल्ला अध्यक्ष गोविन्द निरौला लगायतले बोलेका थिए  ।

Comments

सम्बन्धित खवर