भारतमा थपिए १९ हजार बढी कोरोना संक्रमित
- श्रावण १९, २०७९ मा प्रकाशित
एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा १९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार बिहीवार बिहानसम्म थप १९ हजार ८९३ जना संक्रमित थपिएका हुन्। भारतमा दैनिक संक्रमण दर अहिले ४.९४ रहेको छ।
पछिल्लो समय भारतमा फेरि कोरोना संक्रमण बढ्दो छ। हाल भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ४७८ रहेको छ।भारतमा पछिल्लो २४ घण्टामा ३८ लाख २० हजार ६७६ जनालाई कोरोना विरुद्धको खोप दिइएको मन्त्रालयले जनाएको छ। भारतमा संक्रमण बढेसँगै सीमा हुँदै नेपाल आउनेमा पनि संक्रमण देखिँदैछ। जसकारण सीमा क्षेत्रको हेल्थपोस्टहरुमा कडाइ गरिएको छ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
-
ताजा मंसिर ९, २०८१कालीगण्डकी करिडोरले जोड्दै मुक्तिनाथ र लुम्बिनी
-
ताजा मंसिर ९, २०८१धरहरा चढ्न आजदेखि शुल्क, फोटो खिच्दा पनि पैसा
-
ताजा मंसिर ९, २०८१धितोपत्र बोर्ड अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता
-
ताजा मंसिर ९, २०८१How To Play Roulette Step-by-step Guide To Roulette Rule
Comments