चुनाव घोषणाको टुंगो लगाउन गठबन्धनको बैठक बोलाइयो
- श्रावण १९, २०७९ मा प्रकाशित
काठमाडाैं ।आगामी मंसिर ४ गते संघ र प्रदेशको चुनाव गर्ने तयारी गरेको सरकारले अन्तिम निर्णय लिनका लागि सत्तारुढ गठबन्धनको बैठक डाकेको छ । आउँदो निर्वाचनबारे छलफल गर्ने सत्ता गठबन्धनको बैठक बस्दैछ। बैठक केहीबेरपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बताइएको छ।
गठबन्धनको बुधबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ मा निर्वाचन गर्न प्रस्ताव गरेका थिए। त्यसमा अन्य दलका नेताहरू सहमत भएपनि एकपटक आफ्नो पार्टीभित्र छलफल गरेर निर्णय लिने बताएका थिए। निर्वाचन आयोगले आगामी ४ मंसिरमा एकै चरणमा प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गरिसकेको छ।
आज बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्नेछ। निर्वाचन आयोगले पनि कार्यतालिका छोटो भएपनि मंसिर ४ गते चुनाव गर्नुपर्ने सुझाव दिएको थियो ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments