प्रदेश एकका मुख्यमन्त्री राजेन्द्र राइलाइ काेराेना संक्रमण पुस्टी
- श्रावण १७, २०७९ मा प्रकाशित
इटहरी । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कोरोना सङ्क्रमण देखिएको छ । सोमबार स्वाब परीक्षण गर्दा मुख्यमन्त्री राईसहित तीन जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलले जानकारी दिए ।
मुख्यमन्त्री राईसहित उनका परिवारका सदस्यहरू, सचिवालयका सदस्यहरू, निवासका सुरक्षाकर्मी, कर्मचारीलगायत गरी १६ जनाको स्वाब परीक्षण गरिएको थियो । पीसीआर परीक्षण गर्दा मुख्यमन्त्रीसहित पत्नी शोभा पाठक र मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जीवन राईलाई समेत सङ्क्रमण देखिएको हो ।
मुख्यमन्त्रीसहित तीनै जनाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ । कोभिड सङ्क्रमणका कारण मुख्यमन्त्रीको भेटघाटलगायत सबै कार्यक्रम हाललाई स्थगित गरिएको प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments